
|
|
जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा लगाएतका राजनीतिक दलले शनिबार सदरमुकाम गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आआफ्नो पार्टीले संविधान जारी गरेपछि आफ्नै तरिकाले दिपावली गर्ने र असोज ४ गते सयुक्त रुपमा विजय उत्सव तथा ¥याली निकाल्ने बताएको छ ।
प्रमुख तीन दल र साना दलहरु विच भएको सर्वपक्षीय भेलाले विभिन्न कार्यक्रमहरु तय गर्दै संविधानको स्वागत गर्ने तयारी गरेको एमाओवादीका जिल्ला पार्टी सचिव ढाकाराम गौतम सन्देशले जानकारी बताए । उनले भने शनिवार विहान बसेको सवैपक्षिय बैठकले असोज ३ गते संविधान जारी भएपछि पार्टी गत रुपमा दिपावली गर्ने र असोज ४ गते संयुक्त रुपमा विजय जुलुस तथा ¥याली निकाल्ने निर्णय भएको जानकारी दिए ।
सोमबार विहान ११ बजे जिल्लाको सदरमुकाम लगायत अन्य बजार क्षेत्रहरुमा विजय जुल्ुश सहित पदयात्रा गर्दै बजार परिक्रमा गर्ने , आ–आफ्नो संस्कृति अनुरुपका साँस्कृतिक झाँकी, स्थानीय भेषभुषामा नाचगान गर्दै हर्षोल्लासका साथ खुशीयाली मनाउने र बधाई तथा शुभकामना साटा–साट गरिने तथा गाउँगाउँबाट सदमुकाममा विजय उत्सवमा जिल्लाबासीलाई भित्र्याउनको लागि पहल गर्ने निर्णय गरिएको उनले बताए ।
संविधानलाई स्वागत गर्नका लागि रचनात्मक र सृजनात्मक कार्यक्रम गर्न गराउन यहाँका राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपाका अध्यक्ष तथा पार्टी प्रतिनिधिद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ती मार्फत् आफ्ना जिल्लादेखि गाउँ तहसम्मका समिति लाई आग्रह गरेका छन्।
नयाँ संविधानले लामो समयको राजनीतिक अस्थिरता र संक्रमणको अन्त्य गरी शान्तिपूर्ण रुपमा आर्थिक, सामाजिक रुपान्तरणको ढोका खोलेको दलहरुले बताएका छन्। संविधान निर्माणमा कुनै एक दल, व्यक्ति विशेष वा एक पक्षको मात्रै भूमिका नभई सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेकाले सबैको खुशी संविधानमा समेटिएको भन्दै दलहरुले स्वागतका लागि भव्य कार्यक्रम तय विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय जातजाति, धर्म, सम्प्रदाय, आमासमुह, युवाक्लब, उद्योगी, सबैखाले व्यवसायी, शिक्षक, विद्यार्थी, नागरिक समाज र सर्वसाधारणले सकृयताका साथ उल्लासमय कार्यक्रम गर्नको लागि समेत सवैलाई अपिल गरेका छन् । साँस्कृतिक झाँकी, नाचगान देखि दिपावली सम्मको कार्यक्रमका लागि तीन दलको नेतृत्वमा जिम्मेवारी बाँडफाँड भएको नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरी बताउँछन् ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

