Home » » संबिधान जारी हुने असोज ३ गते को पूर्व सन्ध्यामा बेनीमा खुसीयाली !

संबिधान जारी हुने असोज ३ गते को पूर्व सन्ध्यामा बेनीमा खुसीयाली !

सन्तोष गौतम, म्याग्दी २०७२ असोज २ । संबिधानसभाले निर्माण गरेको नयाँ संबिधान २०७२ जारी हुने दिन असोज ३ गतेको पुर्वसन्ध्यामा म्याग्दीका नागरीकहरुमा खुसीयाली छाएको छ ।

आफ्ना प्रतिनिधिहरुले निर्माण गरेको संबिधान जारी हुन लागेको संबिधानको स्वागतका लागि समग्र जिल्लाबासी ब्यग्र प्रतिक्षामा रहेका छन् । संबिधान निर्माण भएको खुसीयालीमा दिपावली, ¥याली लगायतका कार्यक्रम भैरहेका छन भने संबिधानको विषयमा चियापसल, चौतारी देखि टोल टोलमा मानिसहरु छलफल गरेको देखिन्छ ।

यसैक्रममा असोज ३ र ४ गते संयुक्त रुपमा दिपावली तथा बिजयउत्सव गर्ने कार्यक्रम तय गरेका म्याग्दीका राजनितिक दलका भातृ संगठनहरुले आ आफ्नै किसीमले संबिधानको स्वागत गरिरहेका छन् । एमालेको भातृ संगठन युवा संघ म्याग्दीले शनिबार साँझ बेनी बजार र पर्वत बेनीमा मोटरसाईकल ¥याली गरेको छ ।

¥यालीपछि जिल्ला प्रशासन कार्यालय अगाडी भएको कोणसभामा बोल्दै संघका उपाध्यक्ष लेखनाथ शर्माले नयाँ संबिधानको सबैले स्वामित्व लिदै कार्यान्वयनका लागि आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

यसअघि शुक्रबार साँझ नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघले बालमन्दिर चोकमा दिप्रज्वलन गरेर नयाँ संबिधानको स्वागत गरेका थिए । सहिद परिवार समेत रहेका एकिकृत नेकपा माओवादीका युवा नेता बिनोद केसीले संबिधान बनेको खुसीयालीमा भोजको आयोजनानै गरेका थिए ।


हुलाकचोक र न्युरोड क्षेत्रका बालबालिकाहरुले पनि स्वफूर्त रुपमा ‘दश वर्षपछि संबिधान’ लेखीएको आकारमा दिपप्रज्वलन गरेको देख्दा नयाँ संबिधानप्रति बालबालीकाको समेत चासो रहेको देखिन्थ्यो । बिशेष गरेस सर्वसाधारणहरुले नयाँ संबिधानमा उल्लेखिय संघिय ब्यवस्थाको कार्यान्वयनको विषयमा धेरै चासो देखाएका छन् ।

संघिय ब्यवस्था कसरी कार्यान्वयन हुन्न भन्ने विषयमा नागरीकहरुको बढी चासो छ । म्याग्दीमा त्रियाशिल नेपाली काँग्रेस, एमाले, एकिकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, जनमुक्ति र अखण्ड नेपाल पार्टीले असोज ३ गते साँझ संयुक्त रुपमा दिपावली गर्ने र ४ गते बेनीमा बिजयउत्सव मनाउने कार्यक्रम तय गरेका छन् ।

देशका धेरै ठाउँ र छिमेकी जिल्लाहरुमा संबिधानको स्वामित्व लिनका लागि दलहरुले फरक फरक कार्यक्रम गरेर संबिधानलाई स्वागत गरिरहेको अवस्थामा म्याग्दीका नेताहरुले भने संयुक्त दिपावली तथा बिजयउत्सव कार्यक्रम मार्फत संबिधान कार्यान्वयनका लागि केन्द्रिय नेताहरुलाई एकतावद्ध हुने सन्देश दिन खोजेको बताएका छन् ।

बागलुङमा संयुक्त रुपमा बिजय उत्सव मनाउने
यसैवीच संविधान निर्माण भएको खुशीयालीमा शुक्रवार बागलुङमा दीप प्रज्वलन गरिएको छ । लामो संर्घषका बीच एकिकृत बागलुङ कायम रहेको र नयाँ संविधान जारी हुन लागेको संविधानको स्वागतको पुर्व सन्ध्यामा लोकतान्त्रीक चोकमा कांग्रेस निकट नेपाल महिला संघ र लालीगुराश चोकमा एमाले निकट अनेरास्वबियुको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

संबिधानसभाबाट नयाँ संबिधान घोषणा भएको खुसीयालीमा भोलि संयुक्त रुपमा दिपावली गरि बिजय उत्सव मनाइने भएको छ ।
बागलुङ बचाउँ संघर्ष समितिको बैठकले असोज ३ गते घरघरमा पानीको घडा राख्ने र दिपावली गर्ने तथा ४ गते दिउँसो लोकतान्त्रीक चोकमा विशाल सभा गरेर खुसीयाली मनाउने निर्णय गरेको होे ।

६५ वर्ष देखि नेपाली जनताको चाहना अनुसार संबिधानसभाबाट संबिधान जारी हुनु गौरवको विषय भएको उल्लेख गर्दै असोज ३ गते घरघरमा दिपावली गर्न र बिजयउत्सवमा सहभागि हुन बागलुङवासीलाई दलहरुले अनुरोध गरेका छन् ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}