
|
|
बिप्लब माओवादीव्दारा संविधान जारी हुने दिन नेपाल बन्दको आव्हान !
गुमानसिँह भण्डारी, गल्कोट २०७२ असोज २ । सात बर्षको निरन्तर प्रयासका कारण नेपाली राजनैतिक सहमतिमा बनेको नेपालको संबिधान २०७२ असोज ३ गते अर्थात भोलि औपचारीक घोषणा हुने भए पछि गल्कोटका राजनैतिक पार्टीहरुले स्वागत र बिरोधमा छुट्टाछुट्टै कार्यक्रम गर्ने घोषणा गरेका छन ।
नेपाली काग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओबादी र राष्टिय जनमोर्चा सम्मलित ४ राजनैतिक दलको आज गलकोट हटियामा भएको बैठकले नेपाली जनतालाई पहिलो पटक सार्वभौम गराउदै सुधारिएको संसदिय ब्यवस्था सहितको संद्यिय लोकतान्क्रिक गणतन्त्रात्मक संबिधान जारि हुन लागेको खुसीयालिमा असोज ३ गते बिहान पानीका घटाहरु बाहिर राखेर स्वागत गर्नेे तथा साझ दिपावली गर्न आवाह्न गरेको र ४ गते दिनको १२ बजे हटिया बजारमा संयुक्त सभा गरि बिजय याली गरिने निर्णय गरेको नेपाली काग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति घनश्याम गौतमले बताए ।
यसैबिच नेकपा माओबादी गलकोट कमाण्डले एक प्रेस बिज्ञत्ती प्रकाशन गरि ऐतिहासिक पहिलो संबिधान सभाले गरेका निर्णयहरुलाई उल्टाएर यथास्थिति बादीहरुले बनाएको संबिधान प्रतिगामि भएको र सदियौ देखि उत्पिडित नेपाली जनताका अधिकार तथा जनयुद्ध र जनआन्दोलनका उपलब्धीलाई कण्ठित गरेको भन्दै असोज ३ गते बिरोध प्रर्दशन गर्ने र ४ गते संबिधानलाई प्रतिकारात्मक रुपमा जलाउने घोषणा गरेको छ ।
प्रेस बिज्ञत्तीमा जनताको छातीमा गोलि ताकेर, सेना र प्रहरीहरुले कफर्युको बिचबाट पुरानो संबिधानलाई नयाँ कागजमा लेखेर नाटकिय रुपमा ल्याईने संबिधान नेपाली जनतालाई अमान्य हुने उल्लेख गरेको छ । यसै गरि बिप्लव नेतृत्वको नेकपा माओबादीले असोज ३ गते नेपाल बन्दको आवाह्न गरेको र संघिय लोकतान्क्रिक फोरम सहितका गठबन्धनले पनि संबिधानको बिरोध गर्ने बताएका छन ।
Source: Dhaulashree
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

