
|
|
कृष्ण कँडेल, काठमाडौँ २०७२ असोज ४ । संविधानसभाबाट नेपालको संविधान निर्माण भई घोषणा भएकोमा राजधानी काठमाण्डौमा वस्ने बागलुङ्गेले खुसियाली मनाएका छन । सिङ्गो बागलुङ संघर्ष समिति काठमाडौको आयोजनामा त्रिचन्द्र क्याम्पसमा भएको कार्यक्रममा बागलुङबाट प्रतिनिधित्व गर्ने सभासद्को उपस्थितीमा कार्यक्रम गरिएको हो ।
सो अवसरमा संविधान बनेको खुसियालीमा औपचारिक कार्यक्रम, नाचगान र चियापान सहित हर्सोल्लास मनाईएको थियो ।
बागलुङवासीहरु सार्वभौम संविधानसभाबाट संविधान बन्दा जति खुसी देखिन्थे त्यो भन्दा बढी खुसी सिङ्गो बागलुङलाई ४ नम्वर प्रदेशमा समावेश भएकोमा ।
कार्यक्रममा उपस्थित सम्पुर्ण राजधानीवासी बागलुङवासीको अनुहारमा खुसीको रेखा प्रष्ट देखिन्थ्यो । उनीहरु मिनी नेपालको पहिचान भएको बागलुङलाई ४ नम्वर प्रदेशमा राख्ने अभियानमा सफल भएकोमा निकै हर्षित थिए ।
कार्यक्रममा बोल्दै सभासद् तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचन, सभासद प्रकाश शर्मा पौडेल तथा सभासद् नरबहादुर थापाले सम्पुर्ण बागलुङवासी एकजुट भएकै कारण मिनी नेपालको पहिचान भएको बागलुङलाई सिङ्गो राख्ने सपना साकार भएको बताए ।
सभासद्हरुले सडक आन्दोलन देखि नेतालाई घच्घचाउने सम्मको अभियानले पुर्णता भएको भन्दै बागलुङ टुक्रिएको अवस्थामा जनताले सभासद्को भुमिका प्रती उठाएको प्रश्नमा सहि निर्णयमा पुग्न पहल गर्न सकेकोमा बास्तवमै जनताको प्रतिनिधि भएको सावित गर्न सकेको दावि गरेका थिए ।
उद्योग बाणिज्य संघ बागलुङक सदस्य सञ्जयकुमार श्रेष्ठले सिङ्गो बागलुङलाई प्रदेश नम्वर ४ मा पार्न सफल भएकोमा खुसी व्यक्त गर्दै अव ऐतिहासिक, संस्कृतिक तथा प्रकृतिक पहिचान भएको गलकोटलाई निर्वाचन क्षेत्र बनाउँदा एउटै बनाउने अभियान सुरु गर्नुपर्ने बताए ।
कार्यक्रममा नखिवोट माहिला विकाश मञ्चका अध्यक्ष श्रीमायाँ श्रीस, त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति विष्णुृ पौडेल र वाल्मिकी क्याम्पसका पुर्व सभापती लक्ष्मण आचार्यले बागलुङको पहिचान वचाउन सकेकोमा खुसी व्यक्त गरेक थिए ।
सिङ्गो बागलुङ संघर्ष समिति काठमाडौका संयोजक मञ्जेशवम मल्लले सार्वभौम संविधानसभाबाट प्रगतिशिल संविधान आउनु स्वागतयोग्य भएकोमा खुसियाली बाँड्दै सवैमा शुभकामना ब्यक्त गरेका थिए । सिङ्गो बागलुङ संघर्ष समिति काठमाडौका संयोजक मञ्जेशवम मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थी नेता डिल्लिराम सुवेदीले गरेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

