
|
|
सन्तोष गौतम, म्याग्दी, २०७२ असोज ४ । ३४ औं अन्तर्राष्ट्रिय शान्ति दिवस तथा नेपालको संविधान २०७२ प्रारम्भ भएको अवसरमा स्थानीय शान्ति समिति म्याग्दीले सोमबार बेनीमा शान्ति ¥याली तथा प्रभात फेरी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥यालीले बजारका विभिन्न भाग परिक्रमा गरेर पुन सोही ठाउँमा पुगेर सकिएको थियो । ¥यालीमा विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारी, सुरक्षा अधिकारी, संघ संस्थाका पदाधीकारी तथा कर्मचारी, स्थानीय शान्ति समितिका पदाधीकारी, शिक्षक, विद्यार्थी, आत्म ज्ञान प्रचार संघ र बह्मकुमारी ईश्वरीय राज योग प्रशिक्षण केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
¥यालीपछि आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संबिधान निर्माणपछि शान्तिको वातावरण बन्ने र त्यसले आर्थिक, भौतिक र सामाजिक विकासमा देश अग्रसर हुने अपेक्षा व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा जनयुद्धको क्रममा अभिभावक गुमाएका तर अहिलेसम्म पनि कुनै राहत नपाएका ६ जना बालबालिकालाई जनही १५ सयका दरले छात्रवृती वितरण गरिएको थियो । स्थानीय शान्ति समितिका संयोजक हरि पौडेलेका अध्यक्षतामा भएको कार्यक्रममा पुर्व संयोजक नेत्र महतले स्वागत र सदस्य सुवास बिकले सञ्चालन गरेका थिए ।
यसैवीच अन्र्तराष्ट्रिय शान्ति दिवस, सोमवार शान्तिका लागि सहकार्य सबैका लागि सम्मान भन्ने नाराका साथ बागलुङमा पनि मनाइएको छ ।
दिवसको अवसरमा स्थानीय शान्ति समिति बागलुङले धौलागिरी अञ्चल अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण गरेको छ ।
फलफुल बितरण पछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले नयाँ संविधान जारी भएको अवस्थामा अब यसको प्रभावकारी कार्यन्वयन गरेर दिगो शान्ति कायम गर्न लाग्नुपर्ने वताए ।
स्थानीय शान्ति समितिका संयोजक जशोदा शर्माको अध्यक्षतामा भएको कार्यक्रम धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डाक्टर तरुण पौडेलको मन्तव्य र समितिका पूर्व संयोजक धनवहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

