Home » » नयाँ संविधान २०७२ को धौलागिरीमा कतै स्वागत कतै विरोध !

नयाँ संविधान २०७२ को धौलागिरीमा कतै स्वागत कतै विरोध !

महेन्द्र केसी पर्वत, २०७२ असोज ३ । नेपाली जनताले ६ दशक भन्दा लामो समयपछि नयाँ संविधान पाएका छन् । ६५ बर्षे लामो जनसंघर्ष, वलिदान एवं सशस्त्र संघर्षलाई विश्राम लगाउँदै देशमा नयाँ संविधान २०७२ घोषणा भएको छ । ६५ वर्ष लामो संवैधानिक इतिहासलाई छिचोल्दै देशमा नयाँ संविधानसँग नव युगको सुत्रपात भएको छ । ६५ बर्ष पुरोनो जनताको जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान जारी गर्ने आकांक्षा आइतबार राष्ट्रपतिले नयाँ संविधान २०७२ जारी भएको घोषणा गरे सँगै औपचारिक रुपमै पुरा भएको हो ।


देशमा ६५ बर्षपछि संविधानसभाबाट जारी भएको संविधानको आइतबार देशव्यापी रुपमा स्वागत गरिएको थियो । धौलागिरीमा पनि नयाँ संविधान २०७२ को स्वागतको लागि साँझमा धौलागिरीबासीले आआफ्नो घरआगनमा दिपावली गरेर स्वागत गरेका छन् । पर्वतमा क्रियाशिल रहेका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायले नयाँ संविधानको चोकचोकमा दिप प्रज्वलन गरेर स्वागत गरेका छन् । लामो सशस्त्र द्वन्द्व, अस्थीर राजनीतिको अन्त्यसँगै देशका संविधान जारी भएको र संविधान सँगै विकास र निकासका ढोकाहरु खुलेको भन्दै नयाँ संविधानको स्वागत् गरेका हुन । देशव्यापी रुपमा नयाँ संविधान जारी भएको खुसीयालीमा स्वागत् एवं दिपावली गरिरहेको अबस्थामा पर्वतमा पनि विभिन्न राजनीतिक दल तथा सरकारी तथा गैरसरकारी निकायले चोकचोकमा दीप प्रज्वलन गरी खुसीयाली साटासाट गरेका छन् ।
आइतबार जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दलले संविधान जारी भएपछि विजय ¥याली सहित चोकचोकमा दिपावली गरी खुसियाली मनाएका हुन । जिल्लामा रहेका ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले आइतबार चोकचोकमा दिपावली गरी नयाँ संविधानको स्वागत गरेका हुन् । देशमा रहेको अस्थीर राजनीतिको अन्त्य भएको र देशले ६५ बर्षपछि संविधानसभाबाट जनप्रतिनिधिबाट संविधान पाएको र अब देशमा विकासका ढोका खुलेका कारण स्वागत तथा दिपावली मनाएको एमाओवादीका जिल्ला पाटी सचिव ढाकाराम गौतम सन्देशले बताए ।

जनताको ६ दशक भन्दा लामो कालखण्डपछि जनपक्षिय संविधान पाएको र अब विकासका कार्यले तिब्र गति लिनेमा आफु विश्वस्त भएका कारण नयाँ संविधानको स्वागत तथा दिपावलीमा सरिक भएको उनको भनाई छ । देशव्यापी रुपमा नयाँ संविधान २०७२ को स्वागत भैरहेको बेलामा नयाँ संविधान तीन दलको एजेण्डा र उनीहरुको स्वार्थ समावेश भएको भन्दै त्यसको विरोध गर्नेहरुको उत्ति भेटिएका छन् ।
६५ बर्षपछि देशमा जनपक्षिय संविधान जारी भएको भन्दै खुसियाली मनाइरहेको अबस्थामा ६५ बर्ष पछि देशमा जनपक्षिय संविधान निर्माणको सट्टा तीन ठूला राजनीतिक दलको स्वार्थ समावेश गरी संविधान जारी गरिएको भन्दै त्यसको केहि राजनीतिक दलले विरोध समेत गरेका छन् । मधेसी र थारु समुदायको अधिकारलाई सम्बोधन नगरिएको भन्दै मधेस केन्द्रित दलहरु आन्दोलनमै छन् । मधेश केन्द्रित राजनीतिक दलले नयाँ संविधान जनपक्षिय नभएको र तराइका माग समावेश नगरिएको भन्दै विरोध गरिरहेका छन् ।

देशव्यापी रुपमा आइतबार संविधान जारी भएपछि विजयउत्सव मनाइएता पनि तराईमा भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउदै संविधानको विरोध गरे । कतिपय ठाउँमा नयाँ संविधान तीन दलको स्वार्थको डायरी भन्दै जलाइयो। पर्वतमा पनि संविधान जारी भएकोमा स्वागत र विरोध द्ुवै भेटियो । जिल्लामा रहेका विप्लव नेतृत्वको नेकपा माओवादी, बैद नेतृेत्वको नेकपा माओवादी लगाएतका अन्य राजनीतिक दलले जारी भएको संविधान जनपक्षिय नभएको भन्दै नयाँ संविधानको विरोधमा उत्रिए ।

त्यसैगरि क्षत्री समाजले पनि अहिलेको संविधानमा क्षेत्रीका मागलाई सम्बोधन नगरेको भन्दै नयाँ संविधान जारी भएकोमा उनीहरुलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात् भयो । क्षत्री समाज तटस्थ रह्यो । संविधानसभा बहिष्कार गरेका बैद्य र विप्लव पक्षको नेकपा माओवादीले सशक्त आनन्दोलन गर्ने निर्णय समेत गरेका छन् । त्यसैले ६५ बर्ष पछि देशमा निर्माण भएको जनपक्षिय संविधानको कतै स्वागत् त कतै विरोध भयो जसका कारण नयाँ संविधान पनि समावेशीपूर्ण नभएको झझल्को दियो ।
अथक प्रयास र लामो संघर्षपछि देशमा जारी भएको नयाँ संविधान २०७२ को कतै स्वागत त कतै विरोध भयो । जसका कारण अहिले बनेको संविधान पनि समावेशी पूर्ण छैन भन्ने प्रमाणित ग¥यो । देखाउने खसी खाने फर्सी अहिलेको संविधान हो की भन्ने नेपाली जनतामा भान हुन पुगेको छ ।

स्वागत र विरोध दुवै हुदाँ नेपाली जनता के गर्दा उचित र अनुचित हुने हो त्यो भने छुट्टाउन सकेका छैनन् यद्यपी लामो समयको कालखण्ड पछि देशमा जारी भएको संविधानको नेपाली जनताले मनमा दोधार हुदाँ हुदै पनि स्वागत गरेका छन् । एक जुगमा एक फेरि एक पटक आउँछ, उथलपुथल, उलटपलट हेरफेर ल्याउँछ भन्ने सोचका साथ स्वागत तथा दिपावलीमा रमाए ।

यसैवीच म्याग्दीमा सहकर्मी सन्तोष गौतमका अनुसार संबिधानसभाले निर्माण गरेको नेपालको नयाँ संबिधान २०७२ जारी भएको खुसीयालीमा म्याग्दीमा स्वागत गरिएको छ ।

सभाषद्हरुले हस्ताक्षर र सभामुखले प्रमाणीत गर्नुभएको संबिधानलाई राष्ट्रपतिले सार्वजनिक गर्नुभएपछि आफ्नै हातले संबिधान लेख्ने चाहना पुरा भएको भन्दै सर्वसाधारणले खुसीयाली मनाएका हुन् ।

म्याग्दीको सदरमुकाम बेनी तथा गाउँ गाउँमा राजनितिक दल, संघ संस्था र सर्वसाधारणहरुले दिपावली गरेर संबिधानको स्वागत गरेका छन् । संबिधान जारी भएको खुसीयालीमा पर्वत बेनीका बासिन्दाहरुले नेपालको नक्सा बनाएरमा त्यसैमा दिपावली गरेका छन् ।
पर्वत उद्योग वाणिज्य संघ अन्तरगतको मल्लाज उपशाखा, कालीगण्डकी आमा समूह, वारीबेनी बजार संरक्षण तथा ब्यवस्थापन समिति र उत्साही समूहको आयोजनामा बसपार्कमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको हो ।

यसैगरी म्याग्दी जेसीजले संगमचोकमा नेपालको नक्सा र राष्ट्रिय झण्डाको चित्र बनाएर संबिधानको स्वागत गरेको छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बेनी बजारमा मोटरसाईकल ¥याली गरेर खुसीयाली मनाएको छ ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुले क्याम्पसचोकमा सडकमा नेपालको नक्सा र राष्ट्रिय झण्डाको चित्र बनाएर संबिधानलाई स्वागत गरेको छ । उत्तरी क्षेत्र घारका राजनितिक दल र स्थानीयबासीले घारको कोतघरमा दिपावली गरेर संबिधानलाई स्वागत गरेका एकिकृत माओवादीका स्थानीय नेता फौदबहादुर बरुवालले जानकारी दिए ।

यसैगरी बेनी आवाशिय माविका विद्यार्थी र न्युरोडका बासिन्दाहरुले आफ्नो विद्यालय तथा टोल अगाडी नेपालको नक्सा बनाएर संबिधानको स्वागत गरेका छन् । संबिधान जारी भएपछि सात दशकदेखिको आफ्नो संबिधान आफै बनाउने चाहना पुरा भएको भन्दै सर्वसाधारणहरु उत्साहीत भएका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र नागरीक समाज म्याग्दीले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशन गरेर नयाँ संबिधानको स्वागत गरेका छन् । उनिहरुले संबिधानको कार्यान्वयनका लागि असन्तुष्ट दल र समुदायलाई वार्ताको माध्यमबाट सहमतीमा ल्याउन र उनिहरुको सकारात्मक मागलाई सम्बोधनको पहल गर्न राजनितिक नेतृत्वसंग आग्रह गरेका छन् ।

यसैगरी बागलुङ सदरमुकाममा पनि नयाँ संविधान जारी भएको उपलक्ष्यमा दीपावली सहित स्वागत गरिएको छ । विभिन्न राजनीतिक दलहरुले विभिन्न कार्यक्रमको आयोजनागरी खुशीयाली मनाई रहेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}