
|
|
काठमाडौं २०७२ असोज ४ । आइतवार राष्ट्रपतिमार्फत संविधानसभाले जारी गरेको संविधान नेपाली जनताको आधा शताब्दिभन्दा लामो संघर्ष एवम् चाहनाको मूलमर्म विपरित रहेको संयुक्त सनातन मोर्चाले ठहर गरेको छ । आइतवार नै मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा बताइएको छ ।
संविधानको मस्यौदामा ९० प्रतिशतभन्दा बढी सुझाव हिन्दूराष्ट्रको पक्षमा प्राप्त भएको वास्तविकता सर्वविदित तथ्य भएको जनाउ“दै संविधानभित्रका धेरै कुरा सहमति नजिक भएपनि ९० प्रतिशतभन्दा बढी जनताको भावना विपरित आएको धर्मनिरपेक्ष संविधानलाई मोर्चाले कुनै पनि कोणबाट स्वीकार गर्न नसकेको व्यहोरा यस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं, डा. विश्वकर्माले उल्लेख गरेका छन् ।
संविधान जारी गर्दा यूरोपियन डलरको हाइ भेलुयसनले नेपाली राजनीतिलाई किचेको प्रष्ट देखिएको, ९० प्रतिशितभन्दा बढी ॐकारवादीहरूको भावनाविपरित संविधान निर्माण गरी जारी गरिएको यो घटनाक्रमले नेपालको प्रजातान्त्रिक पद्धतिमा नै गम्भीर प्रश्न चिह्न खडा गरेको कुरालाई विज्ञप्तिमा बताइएको छ ।
विज्ञप्तिको अन्तिममा डा. मिठारामले विश्वको एकमात्र हिन्दूराष्ट्रको सदियौं देखिको विशेष महत्त्वपूर्ण पहिचानलाई कायम गर्ने दिशामा मोर्चा आगामि दिनमा शतत् प्रयत्नसील एवम् संघर्षसील रहिरहने जानकारी गराएका छन् ।
यता नया“ संविधानको स्वागत र खुशीयाली एवम् दीपावली भइरहेकै समयमा आइतवार नै देशका विभिन्न ठाउ“मा बत्ती निभाउने ब्ल्याक आउट गर्ने, धर्मनिरपेक्षताको विरोधमा र्याली जुलुश र प्रदर्शन भइरहेको थियो ।
यसैवीच धन्नै सत्तरी वर्ष लगाएर नेपालले प्राप्त गरेको संविधान धर्मनिरपेक्ष भएकोमा सर्वत्रबाट विरोधका स्वरहरू उठिरहेका छन् । विभिन्न धार्मिक संघसंस्थाले आइतवार राजधानी लगायत देशका विभिन्न ठाउँहरूमा विरोध पर्दशन गरेका छन् । विरोध प्रदर्शनको क्रममा काठमाडौंको तीनकुनेबाट केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।
पक्राउ पर्नेहरूमा राष्ट्रिय धर्म जागरण अभियानका केन्द्रीय संयोजक शङ्करप्रसाद पाण्डे, धार्मिक अभियन्ता हरिबोल भट्टराई, विश्व हिन्दू परिषद्का का. अध्यक्ष सुशिलचन्द्र अधिकारी, शब्द चिनतन संरक्षण मण्डलका संरक्षक दीपक सुवेदी, सत्मार्ग अभियानका महामन्त्री खेमनाथ आचार्य, राष्ट्रिय हिन्दू युवा मञ्चका संयोजक प्रेमनिधि भारद्वाज, सहसंयोजक सागर कटुवाल, ब्राह्मण समाजका का.अध्यक्ष रुवयनाथ कोइराला लगायतका व्यक्तित्त्वहरू लाई आइतवार राती रिहा गरिएको बताइएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

