
|
|
बागलुङ—नयाँ संबिधान जारी भएको खुसीयालीमा सोमवार बागलुङ्ग लगायत धौलागिरीमा विभिन्न कार्यक्रम सहित नयाँ संविधानको स्वागत गरिएको छ ।बागलुङ्गमा क्रियाशिल राजनितिक दल, बिभिन्न सघं संस्था, उद्योग बाणिज्य सघं, पत्रकार लगायतको संयु्क्त आयोजनामा बाजागाजा सहित ¥याली एबं शभाको आयोजना गरी बिजय उत्सव मनाईएको हो ।
बाजा गाजा सहित बागलुङ्ग बजार स्थित लोकतान्त्रिक चोकबाट निस्केको ¥यालीले बजारका बिभिन्न भागको परिक्रमा गरी सोही स्थानमा पुगेर शभामा परिणत भएको थियो । सो अवसरमा बोल्ने वक्ताले लामो समयको सर्घष र बलिदान पछि मुलुकले नयां संबिधान पाएको भन्दै खुसी ब्यक्त गरेका थिए । दलिय सहमतिमा बनाईएको संबिधानले बिगतको १० बर्षे जनयुद्ध र जनआन्दोलनका अधिकाँशं मर्म र भावनालाई समेटेको चर्चा गर्दै वक्ताले यसलाई अव पुर्ण रुपले कार्यान्वयन गर्नुपर्ने बताए । उनिहरुले मुलुकलाई सम्मृद्धिको दिशामा अगाडी बढाउनका लागि नयां संबिधान महत्वपुर्ण भएको दाबी समेत गरे ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले नयाँ संविधानमा जिल्लालाई अखण्ड राख्न सफल भएकोमा समेत खुसि व्यक्त गरेका थिए । उनिहरुले अप्थ्यारो स्थितिमा जिल्लावासीहरु एकजुट हुन सक्ने उदाहरुण प्रस्तुत गर्न सकेको भन्दै यस्तो सम्वन्ध सधै कायम गर्न आग्रह गरेका थिए ।
सभालाई संबोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य गोबिन्द बहादुर नेपालीले वर्तमान संबिधानले मुलुकमा लामो समयदेखीको संक्रमणकालको अन्त्य गरेको भन्दै संबिधानमा नमिलेका बिषयवस्तुलाई समेट्दै जाने बताए । संबिधानले गणतन्त्रको संस्गत बिकास, धर्म निरपेक्षता, राज्यको पुर्नसंरचना लगायतका महत्वपुर्ण बिषयवस्तु दलिय सहमतिबाट मात्र समेटिएको भन्दै एमाले नेता नेपालीले आगामी दिनमा पनि एकता सहकार्य र समन्वयमा ध्यान दिनुपर्नेमा जोड दिए । वर्तमान संबिधालाई चुनौती र अवसर दुबै रुपमा हेर्नुपर्दछ, उहांको भनाई थियो ।
कार्यत्रममा पुर्व सांसद गोबिन्द प्रसाद शर्मा कँडेलले सबैको आस्थाको केन्द्रबिन्दु नयां संबिधानले आम नागरिकको भाग्य भविष्य फैसला गरेको भन्दै, संबिधान बाट असन्तुष्ट दललाई वार्ता र संबादको माध्यमबाट समाधान खोज्न आग्रह समेत गरेका थिए । उहांले वर्तमान संबिधानलाई महत्वपुर्ण ऐतिहासिक उपलब्धी भन्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एमाओबादीका प्रचार बिभाग प्रमुख कृष्ण केसीले जारी भएको संविधानले हिजोको द्धन्द र आन्दोलनको आधारभुत विषयलाई संस्थागत गरेको बताए । जनताको प्रतिनिधिवाट संविधान जारी गराउने काममा दलिय भुमिका र अन्य कारणले भएको उपलव्धी पनि गुम्ने खतरावाट देश जोगिएको उनको भनाई थियो । देशमा संविधान जारी भएर मात्र नहुने भन्दै यसलाई कायान्वययनका लागि दलहरुले आफ्नो भुमिकालाई यसरी नै संस्थागत गर्नुका साथै मधेस, थारु, जनजाति, दलित लगायतका मुद्धालाई पहिलो संशोधनमै संवोधन गरिनुपर्ने उनको धारणा थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राप्रपाका टिकाराम सापकोटा, नेकपा मालेका हुमा खड्का, अखण्ड नेपाल पार्टीका वरिष्ठ उपाध्यक्ष रुद्र महत, उद्योग बाणिज्य सघंका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठ, अन्र्तपार्टी महिला समितीका संयोजक साबित्रा राना, महिलाअधिकारकर्मी शकुन्तला शर्मा, लक्ष्मी बास्कोटा, लगायतले आफ्नो भनाई राखेका थिए ।
त्यसैगरी नेकपा एमाले क्षेत्र नं १ का अध्यक्ष लाल वहादुर थापा, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष खड्क थापा, वाइसिएल बागलुङका नरेश केसी, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुबेदी, होटल व्यवसायी सघंका अध्यक्ष अर्जुन चोखाल र सुनचाँदी व्यावसायी सघंका अध्यक्ष सुदेसचन्द्र राजभण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली काङ्गेस बागलुङ्गका कार्यबाहक सभापति जगदिशचन्द्र उपाध्यायको अध्यक्षता, एमाओबादीका कार्यालय सचिव चन्द्र बहादुर थापा शिखरको स्वागत मन्तव्य र एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

