
|
|
महेन्द्र केसी पर्वत २०७२ असोज ४ । पढाईको शिलशिलामा जापान पुगेको बाजुङ १ पोखरेका ठाकुर बहादुर पौडेल क्षेत्रीको सक्रियतामा जापानमा ७ लाख ७२ हजार रुपैयाँ आर्थिक संकलन भएको छ । जापानमा रहेका लायन्स क्लबलाई क्षेत्रीले आफ्नो जिल्लामा भएको सामुदायिक विद्यालयका भवनहरु भुकम्पका कारण ध्वस्त भएको र विद्यार्थीको भविश्य अन्योलमा पर्ने संकेत देखिएको भन्दै आर्थिक सहयोग गर्नको लागि आग्रह गरेपछि जापानमा रहेका क्लबले ७ लाख ७२ हजार आर्थिक सहयोग गरेको उनले बताए ।
जापानको लायन्य क्लब डिष्ट्रिक्ट ३३७ –सी टुआर अन्तर्गतका नागासाकी, इसाहाया, र सिमावार जापानले सहयोग गरेको उनले बताए । आर्थिक संकलनमा श्रीमती उषा पौडेल क्षेत्री र ९ बर्षीया छोरी उत्कर्ष पौडेल क्षेत्रीेले सहयोग गरेको बताए । छोरी पनि हामीसँगै आर्थिक संकलन कार्यमा हिडिन्, विभिन्न लायन्स क्लबसँग कुरा गर्ने क्रममा उनले आफ्नो देशमा आएको विनासकारी भुकम्पका कारण लाखौ आफुजस्तै बालबालिकाको भविष्य अन्योलमा परेको भन्दै सहयोग गर्नको लागि आग्रह गरिन जसका कारण पनि आर्थिक संकलन गर्नको लागि निकै सहज भयो उनले भने ।
छोरीले सानै उमेरमा पनि देखाएको समाजसेवाको भावनाले यहाँका लायन्स क्लबको मनमा पनि आर्थिक सहयोग गर्नको लागि प्रेरेणा दियो र हामीले सहज रुपमा यति पैसा जम्मा गर्न सक्यौ उनले भने । जापानमा संकलन भएको रकम पर्वतमा रहेको लायन्स क्लब अफ कुश्मा सिटि मार्फत् जिल्लामा रहेका विभिन्न ५ सामुदायिक विद्यालयमा हस्तान्तरण गर्ने तय भएको उनले बताए ।
जापानमा संकलन भएको रकम लायन्स क्लब अफ कुस्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको विशेष पहलमा पर्वत जिल्लामा रहेका पाँच सामुदायिक विद्यालयमा हस्तारण गर्ने तय भएको बताइएको छ ।
यसैविच लायन्स सरस्वती भण्डारीले जापानमा संकलन भएको रकम जिल्लाको शंकरपोखरीको जनसहयोगी माध्यमिक विद्यालयलाई दुई लाख हस्तान्तरण गरिसकिएको बताइन । उनले भनिन् एक विद्यालयलाई दुइ लाख सहयोग हस्तान्तरण गरिसकेका छौ अब अन्य विद्यालयलाई पनि सहयोग गर्ने तयारीमा जुटेका छौ ।
बैशाख १२ गते गएको महाविनासकारी भुकम्पका कारण जिल्लामा रहेका अधिकांश सामुदायिक विद्यालयमा ठूलो क्षति भएको छ ।
विद्यालयमा भौतिक संरचना नहुदाँ अधिकांश विद्यालय पालको भरमा संचालन भैरहेका छन् । तर पनि नेपाल सरकार तथा सरकारी निकायले विद्यालयमा प्राप्त मात्रमा सहयोग गर्न सकेको छैन । राज्यले शिक्षा क्षेत्रमा करोडौको लगानी गरेको बताएपनि भुकम्प पछि देशमा भएका शिक्षालयका भौतिक संरचनामा क्षति हुदाँ पनि कुनै चाँसो नदेखाएको भान हुन्छ तर विदेशमा रहेका लायन्स क्लबले शिक्षा क्षेत्रमा भएको भौतिक क्षेत्रको निर्माण तथा मर्मतको लागि गरेको सहयोग केहि हदमा मलमको काम गरेको छ । यस्तै सोच देशभित्रै रहेका सरकारी तथा गैरसरकारी निकाले पनि राख्ने हो भने भौतिक क्षति भएका यसरी नै हजारौ विद्यालयले मलहम पाउने थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

