Home » » फौजी घरको आँगनीबाट सांगीतिक यात्रामा जम्दै केपि कुमार ‘जलन’ !

फौजी घरको आँगनीबाट सांगीतिक यात्रामा जम्दै केपि कुमार ‘जलन’ !

गीत संगीतको आफ्नै बाटो हुन्छ। जे जसरी बुझेपनी आखिर कुनै लयमा बदली शब्द मार्फत छन्द मिलाई गीत गाएपनि लेखेपनी गीत संगित नै हो भन्नु अफ्ठ्यारो नपर्ला । आजको २१ औ शताब्दीमा हाम्रो समाजमा धेरै प्रकारका घट्नाहरु घटीरहेका छन । बिशेषत कर्तव्य ज्यान¸संम्बन्ध बिच्छेद जस्ता घट्नाहरु अझ बढी हाम्रो समाजमा घटीरहेका छन ।

लामो समयको कसरत, मेहनत र समय संगै कलाकार केपी जलनले एउटा नविनतम कोशेली बजारमा ल्याएका छन। हिजो उनी बिद्यार्थी जीवन बाट पार गर्दे आज तपाईहरुकै सुरक्षामा सधै तत्पर रही देश र जनताको सुरक्षामा अहोरात्र खटेर पनी लोक संगीतलाई भने कहिल्यै टाढा देख्न सकेनन् । कुनै दिन काँधमा राईफल पिठ्युमा झोला बोकीरहेको अवस्थामा पनि कानमा एयर फोन लगाई लोक संगीतको धुनहरु सुनिरहन्थे। यसैको प्रतिबिम्ब आज उनले सांगीतिक यात्राको बाटोमा पाईला टेकेका छन ।

कति सफलता या असफलता त्यो भन्न सक्दिन तर पनी संघर्ष गर्दे जाँदा एकदिन अबस्य सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनलाई थाहा छ । कुनै मानब एकै चोटि सगरमाथा छुन सक्दैन आदणीय लोक संगीत प्रेमी एवं लोक संगीतलाई माया गर्नु हुने साथीहरु मिडियामा कार्यरत साथीहरु¸पत्रकारहरुः राष्ट्रसेवक साथीहरु टि९टाईम म्युजिक को प्रस्तुतीमा बिपिन भाटले गरेको निर्देशनमा केपी जलनको लय तथा शब्द सृजनमा बरिष्ठ लोक दोहोरी गायिका दिदी शर्मिला गुरुङ्को आवजमा नेपाल टेलीभिजनबाट प्रशारित कार्यक्रम हर्के हल्दार टेली सृङ्खलाकी कलकार बैनी आशा खड्का र पछिल्लो समयमा मोडलीङ्मा व्यस्त बागलुङ गल्कोटका दुर्गेश थापाको अभिनयमा रहेको लोकगीत बजारमा आएको छ ।

वास्तवमा जुन गीत उनले एउटा वास्विक घट्नालाई समेटेर तयार बनाएक छन। पछिल्लो समय प्रेम संम्बन्ध गर्ने प्रशस्त छन बिबाह पछि संम्बन्ध बिच्छेद गर्नेहरु पनि कमी छैनन् उनले यस गीतमा संम्बन्ध बिच्छेद भई पछी पछुताएको पीडा लाई गीतमा समेटेक छन ।

यो काल्पनिक घट्ना होईन जुन एउटा महिला संम्बन्ध बिच्छेद पछी पनि उनै श्रीमानलाई सम्झी रुदाको पीडालाई समेटेका छन । प्रेम यस्तो अमुल्य बस्तु हो जस्को अभाबमा यो सुनौलो जीवनको कल्पना समेत गर्न सकिदैन । यो जीवनको आवश्यक्ता पनि हो । प्रेम भनेको आत्मिय भावना हो जो सदा सर्वदा सत्य एबम अटल रहिरहन्छ ।

हामीलाई थाहै छ कि सत्यताको परिवर्तन हुँदैन आफ्नो प्रेमी९प्रेमिका को बिचमा वीरह एबम मिलन हुँदा को अनुभुती हरक्षण हरपल जस्ताको तस्तै रहिरहन्छ सच्चा,पवित्र¸ निस्चल आत्माले गरेको प्रेमले मानिस लाइ जिन्दगिको जस्तो सुकै अवस्थामा पनि सुखि एबम् खुसि बनाउनु को साथै कुनै पनि कार्य को लगि उत्साहि बनाउछ प्रेम् भन्ने शब्द को उल्लेख नहुदो हो त आज यो सन्सार् (समाज) मा नै मानिस्हरु लाइ बाच्न गार्हो हुन्थियो बास्तवमा एक आपसमा स्नेह, माया प्रेम र विश्वाश नहुदो हो त यो आजको रमझम दुनिया नै मरुभुमिमा परिणत हुन्थियो होला तर प्रेम सम्बन्धि जति बयान गरेता पनि प्रेम लाइ यही चिज भन्न गाह्रो पर्दछ यो त ब्यक्तिको अबस्था अनुशार् परिस्थिति बस निस्कने एक किसिम को सम्बेग हो ।

जव युवा युवती एक जैविक प्राणिको रुपमा यस धर्तीमा पाइला टेक्नपुग्दछ त्यसपछि बिभिन्न अवस्थाहरु पार गर्दै जादाँ तिनिहरु जवानी अवस्थाको भुल भएर अवस्था अनुशार को एक अर्का प्रति मोहित भएर सुन्दर संसारको कल्पना गर्न पनि पछि हटदैनन र यसरि तिनि हरु प्रेम् रस् प्रति आकर्षित् हुन पुग्दछन प्रेम् आफैलाइ थाहै नभैकन हुने गर्दछ प्रेमको अनुभुति यस्तो हुन्छ कि जसमा छुटै किसिमको उत्साह, उमङ्ग¸खुसि मधुर सम्झनाका तरेलि हरु अनि पिडा तपस्या त्याग पनि सामेल भएका हुन्छन समग्रमा भन्नु पर्दा एवम एक अनौठो यौगिग तत्व हो जस्को अभाव मा ब्यक्तिले यो धर्तिमा जिउन ब्यर्थ छ कहिले काहि प्रेममा उत्साह उमङग खुसि जस्तो भावनात्मक अनुभुति नभैकन पछि गएर धेरै पिडादाएक निराशाजनक स्थिति पनि सिर्जना हुन्छ कतिपयले त प्रेम असफलताका कारण आफ्नो जीवनको आहुति (बलिदान) पनि दिने गरेको पाइन्छ ।

यी सब किन भैराखेकोछ ? कारण उहि हो जुन जस्ले उसलाइ धेरै नै चाहेकोले अर्थात प्रेमले गर्दा यी सब भएका हुन त्यसैले अनायसै रुपमा ह्र्दयमा उत्पन्न हुने एक किसिम को भावनात्मक अनुभुति भएकोले प्रेम अभिब्यक्त गर्नु प्रेम बिबाह गर्नु अगाडि धेरै कुराहरुमा बिचार पुराएर मात्र प्रेम लाइ सफल तुल्याउन पर्दछ यसरि बिचारै नगरिकन सोझै पीडामा होमिनु पर्दा धेरै मानिस हरुमा घृणा पलाइ प्रेम को अन्धोपन्को बयान गर्दै यसले धेरै दु:खहरु यातनाहरु सिर्जना गर्छ । सच्चा,पबित्र र निश्चल प्रेममा कुनै खोट हुदैन यो सधै अमर रहिरह्न्छ । कसैप्रति एकोहोरो प्रेम माया बसेको छ भने थाहा पाइ पाइ त्यसैको निम्ति भित्रभित्रै पिल्सिएर तड्पी तड्पी बाच्नु हिनताबोध बोकि रहनु ठिक होइन तसर्थ त्यसको सामाधानको उपाए खोज्नु पर्दछ अथवा उसैको सफलतामा दुखमा निस्वार्थ भावना ले सहयोग गरि आदर्श प्रेम को स्मरण गर्नु पर्दछ बास्तबिक सच्चा निश्चल् पबित्र प्रेम त्यहा हुन्छ जहा त्याग बलिदान् समर्पण हुन्छ ।

माया गर्नेहरु यहाँ प्रशस्त छन तर माया सोचे जस्तो हुदैन र झुटा माया गर्नेहरु यहा प्रशस्त छन। चोखो माया गर्नेहरु पनि कमै हुन्छन र पछुताउनेहरु पनि प्रशस्त छन । बेलैमा नसोची गल्तीहरु गर्नाले घरबार बिग्रीन सक्छ र पछी पछुताउदाको पीडा असह्य बन्न सक्छ भन्ने कुरा यस गीतमा उनले समेटेको छन ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}