Home » » बागलुङ बलेवाका एक युवक छ वर्षदेखि कतारको कोमामा

बागलुङ बलेवाका एक युवक छ वर्षदेखि कतारको कोमामा

रवि रोषी
-परेला चल्छन् ओठ चल्दैनन् मैले बोलेको उहाँले सुन्नु हुन्न, उहाँ बोलेको सुन्न चाहन्छु तर उहाँ बोल्नै सक्नुहुन्न । गाउँमा २ balewaलालाबाला छोडेर श्रीमानको अवस्था हेर्न कतार आएकी पार्वती सुवेदीले आँखाबाट झर्दै गरेको बलिन्द्र आँसु एकहातले सलवारको सप्कोले पुछ्दै र अर्को हातले विगत साढे ६ बर्ष देखि कोमामा रहेका श्रीमान् विष्णु बहादुरको ओठ मुसार्दै बोलेको वाक्य हो यो ।

बाग्लुङ जिल्ला नारायणस्थान गाविस वडा नं. ९ निवासी ३९ बर्षीय विष्णु बहादुर सुवेदी बैदेशिक रोजगारको सिलसिलामा कतार आउँदा १८ मार्च २००९ मा ठूलो गाडी दुर्घटनामा परी बन्द भएका उनका आँखाका परेली ६ बर्ष बितिसक्दा पनि खुल्न सकेको छैन ।

अति विपन्न पहाडी जिल्ला बाग्लुङमा रहँदै बस्दै आएका बिष्णु बहादुर सुवेदीले बेरोजगारीको मारले आजित भएर विपन्नतालाई जित्ने सपना बोकेर आफ्नो जीवन संगीनी पार्वतीलाई २ छोरा स्याहारसुसार गर्ने जिम्मा दिएर कतार आएका थिए ।

तर पार्वतीको ओठको खुशी हरण भएको छ । सुवेदी इन्तु न चिन्तु भएको साढे ६ बर्ष भइसक्यो । तै पनि कुनै न कुनै दिन अस्पतालको बेडमा सुतिरहेका उनका श्रीमान् जुरुक्क उठ्न सक्छन् भन्ने झिनो विश्वाश लिएर समय समयमा अस्पतालमा श्रीमान्लाई भेट्न उनी आइरहन्छिन् ।

हमाद अस्पतालमा श्रीमानको अवस्था बुझ्न गएकी पार्वतीले विरसिलो आवाजमा भनिन्, दैवले मेरो भाग्यमा मनपरी लेखेका रहेछन् र आज यो दुःखको बोझ मेरो र नावालक दुई छोराहरुको थाप्लोमा बोकेर हिँड्नु परेको छ ।

छोरा मात्र पढाउन सक्ने पनि आफ्नो हुति र आम्दानीको कुनै बाटो छैन । भएका २ छोराहरु उतै जिम्मा लगाएर यता आएकी छु । सास छउञ्जेल आस भन्छन् । कसैको सहारामा अस्पताल आउँछु, श्रीमानको जति बेलापनि बन्द भएका ओठ र आँखा हेर्छु । कुनै कुनै बेला यसो ओठ चल्दा अब त बोल्नु हुन्छ कि जस्तो लाग्छ र निधार छामेर मुसारीदिन्छु । उहाँको स्वास्थ्यमा कुनै प्रगति नदेखेपछि आफ्नै ज्यानले गति छोडेर आफ्नै ज्यान धान्न नसकेर भाउन्न हुन्छ । उहाँलाई छोडेर कोठमा पुगेपछि नेपालमा भएका २ छोरा र अस्पतालको बेडमा सुतिरहनुभएको श्रीमानको अवस्था सम्झेर डाँको छोडेर रुन मन लाग्छ । फेरि गाउँमा भएका छोराहरु सम्झिन्छु र तिनै छोरामा उहाँको रुप सम्झेर यो जुनीको मेरो कर्म यस्तै रहेछ भनेर चित्त बुझाएर बस्छु ।

बाग्लुङमा भएका हुर्कौला छोराहरु दुवैले ठूलो आशा लिएर आफ्नी आमा पार्वतीको अनुहारमा बाउ खोजेको बुझेर नै होला शायद पार्वतीले काली गंगाको भेललाई साथ लिने गलत आँट गरिनन् । राम र लक्ष्मण जस्ता छोराकै लागि बाँच्न उनी बाध्य भएकी छिन् । तिनै २ छोराको भविष्य निर्माण गरेर उनको पौरखमा आफुले भविष्य र आधार खोज्ने लक्ष्य लिएर आजसम्म बाँचीरहेकी छिन् पार्वती ।

पार्वतीलाई यति बेला श्रीमानको चीर अस्वस्थताको पिरलो र अरुकै जिम्मामा छोडेर आएका छोराहरुको अवस्थाले थप अरु चिन्ता थपिदिएको छ । छोरालाई पढाएर ठूलो बनाउने उनको भीष्म साहस मनमा भएपनि आर्थिक अभावले उनी कोकोहोलो मच्चाएर रुन मात्र सकेकी छैनन् । श्रीमानको यो हालत छ । छोराहरुलाई पढाउने जिम्मा मेरै थाप्लोमा आएको छ । छोराहरुलाई अब झन् मैले कसै गरी पनि पढाउनुपर्छ भन्ने सोचेकी छु । तर आर्थिक अभावको कारणले समस्या परेको छ । मसँग उनीहरुलाई पढाउने सामथ्र्य छैन । यस्तो अवस्थामा मलाई कसैले सहयोग गरिदिनुभए उनीहरुको भविष्य राम्रो बन्ने आशा लिएकी छु ।

हमाद अस्पतालको अति सघन कक्षमा राखिएको उनको श्रीमानलाई भेट्न आउँदा उनले ठूलो आशाको साथ विन्ती गरिन् । दुई नावालक छोराको खुशी र मेरो भाग्यमा जथाभावी लेखिदिएर यो गति बनाएपनि छोराहरु क्याम्पस तहसम्म पढेर आफ्नो खुट्टामा उभिएको हेर्न चाहेको भन्दै उनले पटक पटक भगवान पुकारिन् । कोहि होला त उनका दुई छोरालाई पढाईदिने ? (देश प्रदेश अनलाइनबाट साभार )

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}