Home » » ७५ किलो तौल बोकेर सर्वोच्च शिखर आरोहण, बन्यो विश्वकिर्तिमान

७५ किलो तौल बोकेर सर्वोच्च शिखर आरोहण, बन्यो विश्वकिर्तिमान

पर्वतारोहीहरुले अनेक खालका किर्तिमान राखिरहेका हुन्छन् । यहीँ मेलोमा एकजना पर्वतारोहीले युरोपको सर्वोच्च शिखर आरोहरणका क्रममा नयाँ तथा अनौठो किर्तिमान राखेका छन् ।
भारत्तोलक समेत रहेका रुसी नागरिक एन्ड्रे रोडिखेवले ७५ किलो वजन बोकेर युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुजको सफल आरोहण गरेर विश्वकिर्तिमान राखेका छन् । एल्ब्रुजको उचाई ५६४२ मिटर रहेको छ । यति धेरै भार बोकेर त्यतिठूलो हिमाल चढ्नु सायद सामान्य मानिसका लागि असम्भव लाग्छ । तर एन्ड्रेले भने त्यसलाई सहज रुपमा पूरा गरे ।



उनले लामो प्रयासपछि यस्तो सफलता प्राप्त गरेका हुन् । यो सँगै उनले भारत्तोलन तथा ट्रेकिंग दुबैमा नयाँ इतिहास रचेका छन् ।
७५ किलो भार बोकेर सर्वोच्च शिखर एल्ब्रुज चढ्न रोडिखेवले ८ दिन लगाए । उनले प्रतिघण्टा ५० मिटरको गतिले हिमाल चढेका थिए । तर कठीन बाटोमा भने उनको गति प्रतिघण्टा केवल १५ मिटर मात्र कायम भयो । सेप्टेम्बर ६ मा उनले एल्ब्रुज पर्वतको आरोहण पूरा गरेका हुन् । आरोहणको अन्तिम दिन मौसम निकै खराब भएको थियो र उनले पर्वतारोहणलाई अन्तिम अवस्थामा त्याग्ने सम्भावना नभएको होइन । तर उनले चुनौतिको सामना गरे र हिम्मत हारेनन् । उनीसँग आरोहणका क्रममा व्यवसायिक प्रशिक्षक तथा अन्य आरोही पनि सहभागी थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}