
|
|
बागलुङ— बागलुङका प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले कर्मचारीले राजनीति गर्ने हो भने फिल्ड छाडेर जान चुनौती दिएका छन् । ‘निजामती सेवाको सपना, समृद्ध नेपालको सपना’ भन्ने नाराका साथ बागलुङमा आयोजना गरिएको निजामती सेवा दिवस–२०७२को अवसरमा राजनीतिमा लाग्ने कर्मचारीलाई कटाक्ष गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘हाम्रो समाज धेरै राजनीति गरेर बिग्रियो,’ प्रजिअ पौडेलले भने, ‘राजनीति गर्ने हो भने फिल्ड छाडेर गए हुन्छ ।’ पौडेलले जनतालाई सम्मान र सेवा दिए मात्र शुसासनलाई टेवा पुग्ने बताए ।
निजामती सेवा दिवस मुल समारोह समिति बागलुङले ‘निजामती सेवाको मान्यताः अनुशान इमान्दारिता र नैतिकता’ लगायतका नारा लगाउदै बागलुङमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ । समिक्षालय चोकबाट सुरु भएको प्रभात फेरी कार्यक्रम बागलुङ बजारका विभिन्न भागको परिक्रमा गरि पुरानो जिविस अगाडी गएर मुख्य समारोहमा परिणत भएको थियो । समितिले दिवसका अवसरमा लामो समय सम्म सरकारी सेवामा कार्यरत कर्मचारीहरु पुर्व कर्मचारी परिषद्बाट पुतली शाक्य, जिल्ला स्वास्थ्य कार्यालयका महिला प्रतिनिधि गोमाकुमारी केसी, पुरुषका प्रतिनीधि इन्द्रबहादुर खड्कालाइ सम्मान गरेको छ । साथै पुर्व कर्मचारी परिषद्ले बागलुङका भुकम्प पिडितहरुलाई २५ हजार रुपैया बराबर सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा पुर्व कर्मचारी परिषद्का अध्यक्ष चिरञ्जिवी श्रेष्ठ, लोक सेवा आयोगका निर्देशक प्रेम पौडेल, नेपाल निजामति कर्मचारी युनियन संघका अध्यक्ष देव शर्मा आचार्य, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष तेज प्रसाद निउरे, राष्ट्रिय कर्मचारी संगठका अध्यक्ष उदित थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीको स्वागत मन्तव्य र कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख रामजीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

