
|
|
लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ बजेतिर अचानक सडक छेउमा पल्टिएको हो । दुर्घटनामा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अन्य घाइतेको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।
गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

