Home » » कोरिया प्रवेश गरेको तीन महिना नबित्दै एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्या

कोरिया प्रवेश गरेको तीन महिना नबित्दै एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्या

इपिएस मार्फत कोरिया प्रवेश गरेको तीन महिना नबित्दै एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । खजेदोस्थित डिएसएमइ नामक पानीजहाज निर्माण गर्ने कम्पनी कार्यरत गोरखाका प्रदिप भट्टले आज बिहान झुडिएर आत्महत्या गरेका हुन् । अन्दाजी पच्चिस वर्षिय भट्टलाई आज बिहान आफ्नै कोठामा झुण्डिएको अवश्थामा सहकर्मीहरुले फेला पारेका थिए । त्यस लगत्तै सहकर्मीहरुले कम्पनी मार्फत नजिकैको प्रहरी चौकीमा खबर गरेको बताइएको छ ।



अहिले प्रहरी घटनास्थल पुुगेर शव पोष्टमार्टमका लागि अस्पताल लैजान लागेको छ । मृतक भट्टले आत्महत्या गर्नुको कारण भने अझै खुुल्न नसकेको बताइएको छ । खजेदोस्थित उक्त कम्पनीमा करिब सात सय नेपाली कार्यरत छन् । 
यसैबीच सोलस्थित दुतावासका श्रम सहचारी अनिल गुरुङले घटनाका विषयमा मौखिक जानकारी आएको भएपनि आधिकारिक जानकारी नआएको बताएका छन् । उनले घटनाका बारेमा दुतावासबाट बुझ्ने प्रयास भइरहेको बताए । 
पछिल्लो समयमा कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेको छ । केही साता अघि पनि इन्छनमा नवलपरासीका एक युवा मृत फेला परेका थिए । हेने

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}