Home » » बागलुङ टुक्राएको विरोदमा जिल्ला भर पर्दसन, हजारौ मानिस द्धारा बन्यो मानव साङ्लो

बागलुङ टुक्राएको विरोदमा जिल्ला भर पर्दसन, हजारौ मानिस द्धारा बन्यो मानव साङ्लो

ससंघिय सिमाङकनमा बागलुङलाई दुई भागमा विभाजन गरेपछी अखण्ड बागलुङ आन्दोलन विहिबार १२ दिनसम्म आउदा पनि जारी छ । स्थानियवासी, संघसस्था, राजनीतिक दलको अगुवाईमा आन्दोलन गरिएको हो । विहिवार दबाव दिन बागलुङको मालढुङ्खादेखि निसी सम्मा मानव साङ्लो भन्ने अभियानका साथ हजारौ मान्छे आन्दोलन उत्रेका थिए । संघिय सिमाङ्कनमा बागलुङलई प्रदेश ४ र ५ विभाजन भएपछी जारी आन्दोलन तत्काल माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन ।
मानव साङलो निकाले पछिको विशाल ¥याली

बागलुङ टुक्राएको विरोदमा जिल्लाको सदरमुका बागलुङ बजार, बुर्तिबाङ, हटिया बजार, खबार्ङ लगायतको ठाँउमा दबाब मुलक प्रदर्शन र ¥याली भईरहेको छ । आन्दोलनमा सहभागीहरुले जन भावना विपरीत सिमाङकन गरेको भन्दै तत्काल नसच्चाए आन्दोलन चक्राउदै जाने उनीहरुले बताएका छन ।
त्यसैगरी खर्वाङमा भएको विरोध कार्यक्रमा अवैज्ञानिक ढंगले जिल्ला टुक्राएको भन्दै मानव साङलो बनाएरा विरोध गरिएको थियो । गाँउ–गाँउ बाट आएको सहभागीहरुले बागलुङ टुक्राउन पाईदैन, हामी दाङ गईदैन भन्ने नारा लगाउदै खर्वाङ बजार परिक्रम गरिएको थियो । उक्त विरोधसभामा नेपाली काग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य डालेश्वर भुसाल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य विष्णु भुसाल, राष्ट्रिय जनमोर्चाका बोम वहादुर थापा, महिलाहरुको तर्फवाट शान्ति अधिकारी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाली काग्रेस दगातुन्डाडाका सचिव तेज वहादुर अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

यस्तैगरी ग्वालीचौरमा पनि मानव साङ्लो ¥याली निकालिएको छ । ¥याली पछिको कोण सभामा नेपाली काग्रेसका जिल्ला सदस्य हरिदत्त आचार्य, एमाले जिल्ला सदस्य हिरामणि आचार्य, राट्रिय जनमोर्चा जिल्ला सदस्य खगेन्द्र श्रीस, दलित अगुवा प्रेम लाल वि.क. महिला अगुवा सुमित्रा आचार्य लगाएतले बोल्नु भएको थियो । कार्यक्रम, नेपाली काग्रेसका सभापति अर्जुन प्रसाद आचार्यको अध्यक्षता तथा तरुणदल ग्वालीचौरका उपाध्यक्ष योगेन्द्र खरेलको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो

त्यसैगरी जिल्लाको पश्चिमी गाऊँ विकास समितिहरु, तमान, बोंगादोभान, खुँखानी, बोबाङ, अधिकारीचौर, खुँगा, बुर्तिबाङ , दर्लिङ, भिमगीठे, राजकुत, देविस्थान बोहोरागाउँ र निसीबाट बुर्तिबाङमा उत्रिएको जनसागरले जिल्ला अखण्ड रहनुपर्ने बताएको छन । हामीहरु दाङ गईदैन, बागलुङ जिल्ला टुक्राउन पाईदैन भन्ने नारा लगाउदै बुर्तिबाङ बजार परिक्रममा गरिएको थियो । आन्दोलनमा सहभागी पश्चिम क्षेत्रका वासिन्दाहरुले बागलुङ विभाजन पछि वषौदेखिको सामजिक सदभाव, संस्कृर्ति, रहनसहन र सामजिक एकता समाप्त हुने बताएका छन । हामीहरुले बागलुङलार्ई दुई भागमा टुक्राउन भनेको होइन राज्यको सेवा सुविधाबाट टाढा भएको भन्दै अव बन्ने संविधानको संघिय सिमाङकनमा त्यसलाई सम्बोधन गर्न भनेको हो । तर जन चाहाना विपरित विभाजन गरिएको आन्दोलनमा सहभागीहरुले बताएका छन । अखण्ड बागलुङको आन्दोलन चर्किर्एको बेला बागलुङलाई विभाजन गरिनु पर्छ भन्नेहरु केही दलगत स्वार्थ र विषेश गरि व्यक्तिगत स्वार्थसँग जोडिएका व्यक्ति मात्र भएको बताएका थिए ।

अखण्ड बागलुङको पक्षमा क्षेत्र नं. ३ मा गठन भएको आन्दोलन परिचालन समितिका संयोजक तारानाथ शर्माको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य अर्जुन शेरचन, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, नेपाल किसान संघका केन्द्रिय सदस्य धीर प्रताप शिंह, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष टेकबहादुर घर्ति मगर, नेपाली काँग्रेसका जिल्ला सहसचिव गण्डकी थापा अधिकारी, जिल्ला सदस्य मेषलाल शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दुर्गादेवी घर्ति मगर, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष मेखबहादुर पाईजा, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय अध्यक्ष डिलेन्द्र रामजाली, वर्तमान क्षेत्रीय उपसभापति भरत केसी, महाधिवेशन प्रतिनिधि पदम विक, अखिल नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष केशकुमारी बुढा, शिक्षक प्रतिनिधि वेदबहादुर बुढा, नेविसंघका जिल्ला अध्यक्ष जोकलाल बुढा लगायतले बालेका थिए ।
Source: Nepalsanchar

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}