Home » » प्रवास: शान्तिपूर्ण आन्दोलनव्दारा अघि बढ्न बागलुङ समाज बहराइनको अपील !

प्रवास: शान्तिपूर्ण आन्दोलनव्दारा अघि बढ्न बागलुङ समाज बहराइनको अपील !

बहराइन २०७२ भदौ १६ । बहराईनमा रहेका बागलुङवासीहरुको साझा संस्था बागलुङ समाज बहराइनले एक विज्ञप्ती जारी गर्दै हामी बिदेशमा कार्यरत सम्पूर्ण बागलुङबासीहरुको मनलाई आज राजनैतिक दलका नेताबाट परापुर्व काल देखि आएको सम्बन्धलाई छुटाउने खालको रणनीतिले आज बागलुङ बन्द भईरहेको छ । यसमा हामी बिदेशमा बसेर यो स्थितिलाई यसै संचार मार्फत केही कुरा राख्न चाहान्छौ भनेको छ ।

बागलुङ सेवा समाज बहराईन परिवारका अध्यक्ष लाल बहादुर पाठकले एक विज्ञप्ती प्रेषित गर्दै समाजले हाल संघियता सम्बन्धमा ७५ मध्य एक दुई जिल्ला अलग गर्नु पर्ने कारणले आज हामी बिदेशमा समेतबाट मुख खोल्नु पर्ने बाध्यता भयो हामी सम्पूर्ण बागलुङबासी नबर ४ बस्छौ भन्दा आज सरकार पक्ष तथा प्रमुख दलका नेताबाट किन यस्तो रबैया देखाईएको छ । तुरुन्तै बागलुङबासीलाई एउटै नबर ४ राखि हाल सम्म भएको बन्दा फिर्ता लिइ जितेर गएका सभासदले सिहदरवार तथा संसद भवन धर्ना दिने कार्यक्रम र जिल्लाका जनताले सभासदको घरमा शान्ति पुर्णा रूपमा कालो झन्डा राखि धर्ना कार्यक्रम गरेर अगाडि बढौ ।

हालको सडक बन्द, स्कुल बन्द र अन्य सरकारी कार्यालय बन्दले तपाई हामी सम्पूर्ण सर्वसाधारणलाई पर्ने असर प्रति हामी बागलुङ सेवा समाज ध्यान आकर्षित गराउछौँ। त्यसैले अब बन्द होईन, शान्तिपूर्ण तरिकाले जिल्लाबाट जितेर गएका तथा समानुपातिक सभासद घर घरमा धर्ना दिने र जिल्ला प्रवेशमा रोक गर्ने आदि शान्ति पुर्णा आन्दोलन हाम्रो एकवद्धता जनाउँदै हाल भएको बन्द फिर्ता गरि नयाँ चरणमा कार्यक्रम सार्वजनिक गरि नयाँ ढंगबाट अगाडि बढ्न अपिल गर्दछौ ।
Source: ebaglung.com

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}