
|
|
जिल्ला स्वास्थ्य कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विस्तार गरिएका सेवा सुबिधाको बारेमा जानकारी गराएको हो । सुरक्षित प्रसुती, हाडजोर्नी, हर्नीया, हाईड्रोशील, एपेन्डीसाईड र छातीमा चोटपटक लागेको समस्याको सफल अप्रेशन गरिएको म्याग्दी अस्पतालका डाक्टर धिरेनकुमार मल्लले जानकारी दिए ।
उपकरण र जनशक्तिको व्यवस्था भएकाले अप्रेशन सेवालाई निरन्तरता दिइने डाक्टर मल्लले बताउनुभयो । जिल्ला अस्पताल म्याग्दीमा यसअघि अप्रेशन सेवा उपलब्ध थिएन । अस्पताल परिसरमा साझा औषधि पसल सञ्चालन गर्नुका साथै दन्त सेवा पनि सुरु भएको छ ।
१५ शैया क्षमत्ताको अस्पतालले हाल २५ शैया बराबरको सेवा प्रवाह गरिरहेको छ । २ जना चिकित्सको दरबन्दि भएको अस्पतालमा हाल तिन जना बिशेषक्ष सहित ८ जना डाक्टरहरु कार्यरत छन् ।
चिकित्सक र अन्य प्राबिधिक जनशक्ति उपलब्ध भएकाले स्वास्थ्य सेवा बिभाग, निक साईमन ईन्टिच्युटका साथै विभिन्न दाताहरुबाट सहयोग जुटाएर उपकरण थप गरेर अप्रेशन सेवा सुरु गरेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताए ।
नयाँ एक्सरे मेसिन र वैकल्पीक उर्जाको व्यवस्था गरिएपछि सेवा प्रवाह गर्न सहज भएको अध्यक्ष केसीले बताउनुभयो । अस्पतालले थप एक करोड रुपैया बराबरको उपकरण जुटाएर सेवा विस्तार गर्ने योजना बनाएको छ ।
अन्य सहरी क्षेत्रका अस्पताल सरहको सुबिधा म्याग्दीकै सरकारी अस्पतालमा उपलब्ध भएपछि जिल्लाबासीको समय र खर्च बचत भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रोशन न्यौपानेले बताए ।
Source: ebaglung.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

