Home » » बेनीमा असोज महिनाको अन्त्यतिर दोस्रो दोभान कप प्रतियोगिता !

बेनीमा असोज महिनाको अन्त्यतिर दोस्रो दोभान कप प्रतियोगिता !

सन्तोष गौतम, म्याग्दी २०७२ असोज ६ । म्याग्दी सदरमुकाम बेनीमा यसै महिनाको अन्त्यतिर सञ्चालन हुन लागेको धौलागिरी अञ्चलमानै सर्वाधिक पुरस्कार राशीको दोस्रो दोभान कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

असोजको २३ देखि ३० गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारीलाई तिब्र पारेको मुल आयोजक दोभान युवा कल्वले जनाएको छ । आर्थिक संकलन, प्रचारप्रसार, व्यवस्थापन लगायतका तयारी तिब्र रुपमा अघि बढेको प्रतियोगिताका संयोजक हरिकृष्ण गौतमले जानकारी दिए ।

प्रचारप्रसारको क्रममा बुधबार बागलुङ, पर्वत र म्याग्दीका विभिन्न कल्वहरुसंग अन्तरक्रिया र साझेदारी गरिएको छ । जथाभावी पोष्टर टाँस्दा फोहोर हुने भएकाले निश्चित ठाउँमा राखीएको पम्पप्लेट प्रतियोगिता सकिएपछि हटाउने संयोजक गौतमले बताए ।

दोभान कप खेल्नका लागि बिदेशी खेलाडीहरुले पनि चासो देखाएका छन् । प्रतियोगिताको बिजेतालाई एक लाख २१ हजार १११, दितृयलाई ६६ हजार ६६६ र तितृयलाई दश÷दश हजार रुपैया पुरस्कारको ब्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न १४ वटा उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको तयारी गरिरहेका छन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}