Home » » पत्रकार महासंघका अध्यक्ष राजभण्डारी पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार महासंघका अध्यक्ष राजभण्डारी पत्रकारिता पुरस्कारबाट सम्मानित

कृष्ण कँडेल,
बागलुङ—
नेपाल पत्रकार महासंघ बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी सशक्त लेखन पत्रकारीता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

अध्यक्ष राजभण्डारी प्रेस काउन्सिल नेपालको ४६ औँ बार्षिकोत्सवको अवसरमा काउन्सिले प्रदान गर्ने राष्ट्रिय पुरस्कार ‘सशक्त लेखन पत्रकारीता पुरस्कार’ बाट सम्मानित हुनुभएको हो । आज काठमाण्डौको तिलगंगा स्थित एयरपोर्ट होटेलमा भएको काउन्सिलको बार्षिकोत्सव समारोहमा प्रधानन्यायाधिस काल्याण श्रेष्ठले अध्यक्ष राजभण्डारीलाई सम्मान गर्नुभएको हो ।


सम्मानित भएपछि उहाँले पत्रकारिता जीवनमा पाएको पहिलो राष्ट्रिय पुरस्कारले आफुलाई थप जिम्मेवारीवोध र उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष राजभण्डारीले बागलुङ्गकै माटोमा जन्मिएर नेपालको न्याय सेवाको सर्वाेच्च पदमा पुग्न सफल हुनुभएका प्रधानन्यायाधिस कल्याण श्रेष्ठको हातबाट सम्मानित हुन पाउँदा धेरै खुसी भएको भन्दै उहाँको निर्विवादित नैतिक चरित्र र अव्वल निर्णय क्षमताले आफुलाई प्रभावित गरेको बताउनुभयो ।
विद्यार्थी कालमै पत्रकारीतामा रुचि राख्ने राजभण्डारीले २०४६ सालमा विज्ञान भित्ते पत्रिका प्रकाशन गर्नुभएको थियो । २०५५ सालमा बागलुङ्ग साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएका उहाँले २०६५ सालमा कार्यकारी सम्पादक भएर काम गर्नुभएको थियो । २०६९ सालमा ढोरपाटन राष्ट्रिय दैनिकको प्रवन्ध्र सम्पादक र २०७१ सालमा बागलुङ्गबाट प्रकाशन सुरु भएको निलगिरी सन्देश आर्थिक साप्ताहिकको सम्पादक बन्नुभएको थियो ।
उहाँले २०५६ सालमा धौलागिरीकै पहिलो दैनिक पत्रिका न्युधौलागिरी दैनिकको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहेर समेत काम गर्नुभएको थियो भने काठमाण्डौबाट प्रकाशन हुने समावेसी मासिक पत्रिकाको सहसम्पादकको रुपमा काम गर्नुभएको थियो । राजभण्डारी नेपाल पत्रकार महासंघ बागलुङ्ग साखाको साधारणसदस्य, २०६४ सालमा सचिव, २०६७ सालमा उपाध्यक्ष हुँदै २०७० सालदेखि अध्यक्ष रहनुभएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}