Home » » कालीगण्डकी करिडोरमा बजेट अभाब हुन दिन्न— अर्थमन्त्री महत

कालीगण्डकी करिडोरमा बजेट अभाब हुन दिन्न— अर्थमन्त्री महत

बागलुङ— कालीगण्डकी करिडोर निर्माणको क्रममा बजेटको अभाब हुन नदिने अथमन्त्री रामशरण महतले प्रतिवद्धता जनाएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गँैटाकोट, गुल्मी हुँदै बागलुङमा निर्माणाधिन कालीगण्डकी करिडोर निरिक्षण गरेर बागलुङको बलेवा आईपुग्नु भएका अर्थमन्त्री महतले सो करिडोरको लागि आवश्यकता अनुसारको बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।
करिडोरको आयोजना कार्यालय मार्फत ट्रयाक खोल्न ढिलाइ भएपछि करिडोरको बागलुङ खण्डको निर्माणको काम नेपाली सेनाले अघि बढाएको छ । नेपाली कांगे्रसका केन्द्रीय सदस्य समेत रहेका महतले ‘कालीगण्डकी करिडोर’ निर्माणमा नेपाली सेनाले गरेको कामको प्रशंसा गरे । ‘नेपाली सेनालाई यातायातको विकासमा लगाउने सरकारको योजना हो,’ महतले भने, ‘काम अघि बढाउनुहोस्, बजेटको अभाब हुन दिँदैनौँ ।’ अर्थमन्त्री महतले बागलुङको बलेवा बिमानस्थल संचालन गर्नको लागि आवश्यक सहयोग गर्ने जनाउँदै पहिलो बिमानस्थलको लागि कुल लागत सहितको परियोजना आवश्यक भएको बताए ।


भारत र चीन जोड्ने राष्ट्रिय गौरवको ४ सय ३५ किलोमिटर लामो सडकको आयोजनाको अन्य सबै जिल्लामा ट्रयाक खुलेर सवारी गुडे पनि बागलुङ खण्डमा ट्रयाक खोल्न ढिलाई भएपछि नेपाली सेनालाइ दिएर सडक निर्माण अघि बढाएको बागलुङ क्षेत्र नं २का सभासद प्रकाश शर्मा पौडेलले बताए । नेपाली कांग्रेस बागलुङका सभासद समेत रहेको पौडेलले आवश्यक अनुसार बजेट व्यवस्था गर्न अथमन्त्री समक्ष आग्रह गरेका छन् । सभासदले सो अवसरमा बलेवा बिमानस्थल संचालनको लागि आवश्यक बजेटको व्यवस्थ ागर्न पनि आग्रह गरे । आँफुले संविधान सभाको निर्वाचनमा जाँदा मुलुकको निकास र देशको विकासको लागि मत मागेको बताउँदै संविधान निर्माणको जिम्मेवारी पुरा गरेर विकासका कामलाई गति दिन अर्थमन्त्रीलाई लिएर जिल्ला आएको बताए । सो अवसरमा बलेवा नगर विकास समितका अध्यक्ष कमल जि.सी.ले बलेवा क्षेत्रको विकासको लागि आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । गत असारको दोस्रो साताबाट बागलुङको मालढुंगाबाट सडक निर्माण निर्माण सुरु गरेको नेपाली सेनाले साढे दुई महिनाकै अवधिमा १२ किलोमिटरमा ६० प्रतिशत काम गरेको नेपाली सेनाको निर्माण कार्यलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए ।
करिब ३० करोड रुपैयाँ बजेटको व्यवस्था गरे यो आर्थिक वर्षमा बागलुङदेखि गुल्मीको रिडीसम्म सवारी गुडाउने बताए । कालीगण्डकी करिडोर मुस्ताङको कोरलादेखि म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत पुग्छ । नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आएको सो टोलीमा सभासद, राष्ट्रिय योजना आयोगका सदस्य, नेपाली सेनाका बलाधिकृत लगायत उच्च पदस्त अधिकारीहरु थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}