
|
|
मुख्यसचिव डा.सोमलाल सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सार्वजनिक गाडी भाडा पनि घटाउनु पर्ने निश्कर्ष निकालेको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी भाडा समायोजनको व्यवस्था गर्न भनिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठकले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सार्वजनिक यातायातको भाडा स्वचालित रुपमा समायोजन हुने व्यवस्था मिलाउन पनि यातायात मन्त्रालयलाई भनेको छ । नेपाल आयल निगमले मंगलबार पेट्रेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेलमा २ रुपैयाा मूल्य घटाएको थियो ।
बैठकले नजिकिएका चाडपर्वलाई ध्यानमा राख्दै बजारमा खाद्यान्न, इन्धन, यातायात लगायत् अति आवश्यकीय वस्तु तथा सेवा सहज र सुलभ आपूर्ति गर्ने व्यवस्था गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा चाडपर्वको मुखमा बढ्नसक्ने कालोबजारी नियन्त्रण गर्ने विषयमा छलफल भएको थियो ।
Source: Nepalsanchar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

