Home » » बागलुङ अखण्ड नरहे पदबाट राजिनामा दिने दुई सभासदको उद्घोष !

बागलुङ अखण्ड नरहे पदबाट राजिनामा दिने दुई सभासदको उद्घोष !

बागलुङ २०७२ भदौ १७ । बागलुङबाट संविधानसभामा पुगेका सभासदहरुले नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको तीन दलीय सिण्डिकेटले बागलुङ जिल्लालाई षडयन्त्रपूर्वक पूर्वाग्रह राखेर टुक्राएको विषयमा सशक्त भूमिका निर्वाह गर्न सकेनन् भन्ने जिल्लावासीले असन्तुष्टी व्यक्त गरिरहेको अवस्थामा सदरमुकाम आईपुगेका नेपाली काँग्रेसका दुई जना सभासदहरुले अखण्ड बागलुङको माग सम्वोधन नभए आफुहरुले सभासदबाट राजिनामा दिएका सडक संघर्षमा आउने बताएका छन् ।

सभासद व्दय प्रकाश पौडेल र चम्पादेवी खड्काले बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा सदरमुकाममा भएको बिरोध प्रर्दशन पछी आयोजित कोण सभामा यस्तो बताएका हुन् ।

सभासद व्दय पौडेल र खड्काले जिल्ला नटुक्राउनको लागि धौलागिरीका सबै सभासदहरु मिलेर शीर्ष नेतृत्वहरु संग लविङ गरिरहेको बताउँदै निर्णय सच्चिनेमा आफुहरु आशावादी रहेको पनि उल्लेख गरे । उनिहरुले भदौ १९ गते सम्म प्रतिक्षा गर्न पनि शिक्षकहरुलाई आग्रह गरेका थिए ।

आफनो मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली काँग्रेस बागलुङका सभापति समेत रहेका सभासद पौडेलले बागलुङ जिल्ला टुक्राउनमा एमाओवादी र एमालेको भूमिकाबारे दिएको विवादास्पद अभिव्यक्तिले एमालेबृत्तमा तरंग ल्याएको छ ।

सभासद पौडेलको अभिव्यक्ति अखण्ड बागलुङको माग गर्दै सवै एकजुट बनेर संघर्षको मैदानमा उत्रिएको समयमा प्रत्युत्पादक हुन सक्ने टिप्पणी गर्न थालिएको छ ।

तर, आम बागलुङवासीको एउटै चाहना बागलुङ नटुक्रियोस भन्ने रहेकाले यसप्रकारको अनुत्तरदायी, प्रशंगहीन अभिव्यक्तिले कुनै प्रभाव नराख्ने पनि नागरिक समाजको ठहर छ ।

बागलुङ टुक्राएको मर्म र पीडाले आहत भएका जिल्लावासीहरु विगत १२ दिन देखीको आम हडताल र बन्दले अतिनै कष्टकर जीवन विताउन बाध्य बनेका छन् ।

बाह्र पन्ध्र दिन देखी विद्यालय बन्द गरिएकोमा अभिभावकहरु र सरोकारवाला संघसंस्थाहरुले विद्यालय सन्चालन गरियोस भन्ने माग गरिरहेको अवस्थामा शिक्षकहरुको जुलुसले बजार परिक्रमा गर्दा विद्यालय बन्द भएर सडकमा खेली रहेका विद्यार्थीहरुले ‘सरहरु आउनु भो…’ भन्दै लाखापाखा लागेको दृश्य हेर्न लायक थियो ।
Source: ebaglung.com

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}