
|
|
बागलुङ २०७२ भदौ १७ । हिँजो स्थानीय लोकतान्त्रिक चोकमा नेपाल शिक्षक महासंघको अगुवाईमा भएको कोण सभामा नेपाली काँग्रेसको अस्वाभाविक चुरीफुरीले नेकपा एमाले बागलुङको रुष्ट बनेको छ ।
कोणसभामा काँग्रेसी चुरीफुरीलाई लिएर एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले विज्ञप्ती जारी गरी नेपाली कांग्रेसले बुधवार भएको कार्यक्रममा बलपूर्वक हस्तक्षेप गरी संयुक्त भावनाको मर्म विपरित कार्य गरेकाले सहयात्री राजनीतिक दलबीच सहकार्य तोडिन सक्ने चेतावनी दिएका छन् ।
अखण्ड बागलुङको माग राख्दै बागलुङमा भएको आमहड्तालको ११ औँ दिनमा आई पुग्दा आन्दोलनमा सहभागी नेकपा एमालेले नेपाली कांग्रेसले सहयात्रालाई तोड्न खोजेको आरोप लगाएका छन् ।
एमाले जिल्ला कमिटी बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले विज्ञप्ती जारी गरी नेपाली कांग्रेसले बुधवार भएको कार्यक्रममा बलपूर्वक हस्तक्षेप गरी संयुक्त भावनाको मर्म विपरित कार्य गरेकाले सहयात्री राजनीतिक दलबीच सहकार्य तोडिन सक्ने चेतावनी दिएका छन् ।
विज्ञप्तीमा कार्यक्रममा तोकिएका वक्ता भन्दा अन्य बक्ताहरु राख्ने र कार्यक्रमको आयोजकलाई नै धम्काउने सम्मका कार्यले संयुक्त आन्दोलन गर्न नसकिने उल्लेख गरिएको छ ।
बागलुङको तिनवटै क्षेत्र जितेको नेपाली काग्रेसले कुनै खालको प्रभावकारी पहल कदम गर्न नसकेर बागलुङ टुक्रीदा पनि उल्टो बामपन्थी दललाई आरोप लगाउने काम सभासदबाटै भएकाले यस प्रति कडा आपत्ति जनाइएको छ ।
आजको पूर्व निश्चित मानव साङलो कार्यक्रमलाई सफलतापूर्वक अगाडी बढाउने र बामपन्थीहरुको छुट्टै कार्यक्रम समेत गर्ने तयारी गरिएको जनाइएको छ ।
महासंघले गरेका कार्यक्रममा बोल्दै सभासद प्रकाश पौडेलले नेकपा एमाले र एकिकृत माओवादीका कारण जिल्ला बिभाजन भएको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिमा सभासद र कांग्रेसको बागलुङ एकीकृत गराउने भन्दा पनि विभिन्न बहानामा आन्दोलन तुहाउने मनसाय प्रकट भएको उल्लेख गरिएको छ ।
Source: ebaglung.com
Source: ebaglung.com

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

