Home » » बागलुङ टुक्रिएको बिरोधमा बागलुङका शिक्षक सडकमा

बागलुङ टुक्रिएको बिरोधमा बागलुङका शिक्षक सडकमा

केदार शर्मा
बागलुङ—
जिल्ला टुक्राएर दुई प्रदेशमा राखेको बिरोधमा बागलुङका शिक्षक आन्दोलित भएका छन् । समग्र बागलुङलाई प्रदेश नम्बर ४ मा राख्नुपर्ने माग गर्दै बागलुङका हजारौँ शिक्षक सडकमा ओर्लिएका हुन् । संघीय संरचनाको खाकामा बागलुङको पश्चिम क्षेत्रलाई प्रदेश नं ५मा राख्ने प्रस्ताब राखे पछि यहाँका जनता प्रस्ताब सच्चाउन माग गर्दै दिनहु आनदोलन गर्दै आएका छन् ।
नेपाल शिक्षक महासघं बागलुङको नेतृत्वमा निस्किएको ¥यालीमा संमपुर्ण शिक्षक हरुले नारा बाजि सहित बजार परिक्रमा गरि बिरोध गरेका थिए । टुक्रिएको बागलुङलाई कुनै पनि हालतमा जोड्नु पर्ने भन्दै, बागलुङ टुक्राउन पाइँदैन, दाङ हामी गइँदैन’ जस्ता नारा लगाउँदै प्रर्दशन गरेका थिए । हजारौँ शिक्षक र सर्बसाधरण हरुको सहभागितमा बागलुङमा निकालिएको ¥यालीे बजार परिक्रमा पछि लोकतान्क्रिक चोकमा कोण सभामा परिणत भएको थियो ।

बागलुङका जनताका भावना विपरित जिल्ला टुक्राएको निर्णय फिर्ता लिन दबाब दिन शिक्ष्कहरु बिद्यार्थि हरुलाई पढाउन छोडेर सडकमा ओर्लिएका थिए ।
कोण सभामा बोल्ने वक्ताहरुले जिल्ला विभाजन हुनुमा शिर्ष नेतृत्वको कमजोरी रहेकाले राजनिति स्वार्थका लागी बागलुङ टुक्रिन नहुने उनिहरुको भनाई रहेको थियो कार्यक्रमा मा बोल्दै क्षेत्र नम्बर २ का सभासद प्रकाश पौडेल र क्षेत्र नम्बर१ कि सभासद चम्पा देबि खड्काले सघिं संरचनामा जाँदा बागलुङ टुक्राएमा आँफले राजिनामा दिने बताएका थिए ।
कार्यक्रममा बोलने अधिकांश बक्ता हरुले बिद्यालय जस्तो शान्ति क्षेत्रलाई दख्ल नपुराई आनदोलन लाई शान्ति पुर्ण बनाउने अहिले भएको जुन बन्द छ यस्को सट्टामा शार्बजनिक बिदाको दिनमा पठन–पाठन सञ्चालन गर्ने गरि आनदोनलनमा सहभागि भएको बताएका थिए ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सघंका मित्रदत्त ढकाल, नेपाल सुचना तथा सामुदायिक केन्द्रका बालकृष्ण ढकाल, एनप्याब्सनका अध्यक्ष बालकृष्ण शर्मा, प्याब्सन बागलुङका अध्यक्ष नबराज श्रेष्ठ, राष्ट्रिय अबिभाबक सघंका अध्क्षय केवी राना मगर, नेपाल शिक्षक सघंका केन्द्रीय सदस्य नारायण पौडेल , नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य झपिन्द्र ब. क्षेत्री, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम सापकोटा, मोहम्मद अजिज लगायतले मन्तव्य राखेका थिए । गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक संघका सचिब भवानी प्रसाद कँडेलले गर्नु भएको थियो ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}