
|
|
बागलुङ— जिल्ला टुक्राएको बिरोधमा करिब दुई सातादेखि बागलङमा बन्द सहितजारी रही रहँदा बुर्तिवाङबाट एमाले र एमाओवादी नेतृत्वको टोली निर्णय यथावत कायम गर्न माग गर्दै काठमाण्डौ पुगेको छ । समग्र बागलुङलाई प्रदेश नं ४मै राख्नुपर्ने माग सहित आन्दोलन चलिरहँदा नेकपा एमाले,बागलुङका सचिवालय सदस्य टंक पौडेल र एमाओवादीकोतर्फबाट क्षेत्र नं ३मा संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका तुलसी अर्याल नेतृत्वको टोली बिहीवार बिहान काठमाण्डौ पुगेको छ ।
कांग्रेस, एमाले, एमाओवादी, राजमो लगायतका जिल्ला स्तरको नेतृत्व र समग्र धौलागिरीबाट संविधान सभामा प्रतिनीधित्व गर्ने कांग्रेस, एमाले, एमाओवादी, राजमो दलका सभासदले बागलुङ टुक्राउने निर्णयको बिरोध गरिरहँदा त्यस क्षेत्रमा क्रियाशिल एमाले, एमाओवादी नेताले शीर्ष नेतृत्वले गरेको निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले मिडयाले समे आफ्नो कुराहरुलाई बाहिर नल्याएर अन्याय गरेको बताए ।
‘बागलुङको पश्चिम क्षेत्रका जनताको भावनलाई शीर्ष नेतृत्वले बुझ्यो,’ एमाले सचिवालय सदस्य टंक पौडेलले भने, ‘ जिल्ला नेतृत्व हाम्रो बिरुद्धमा छ ।’ सदियौँदेखि उत्पीडित भएको कुरा राज्यले बुझेर निर्णय गरे पनि फेरी परिवर्तन गर्न दबाब दिएकोले काठमाण्डौ आउनु परेको पौडेलले बताए ।
एमाओवादीका तुलसी आर्यलले क्षेत्र नं ३का जनताको चाहाना अनुसार बागलुङ टुक्राएर प्रदेश नं ५मा राख्ने निर्णयको स्वागत गरेको बताए । ‘शीर्ष नेताले गरेको निर्णय तल्लो तहले नमानेर पार्टी अनुशसानको उलंघन गरेका छन्,’ अर्यालले भने, ‘बागलुङको पश्चिम क्षेत्रलाई प्रदेश नं ५मा राख्ने निर्णयबाट हामीले पछि हट्न दिँदैनौँ ।’ उनले आफ्नो पार्टीको क्षेत्र नं ३का दुई जना बाहेक सिंगो कमिटी अहिलेको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको बताए ।
बागलुङ टुक्राउने निर्णय यथावत राख्ने माग गर्दै बुर्तिवाङबाट काठमाण्डौ हिँडेका टंक पौडेल र तुलसी अर्याल सवार बसलाई आन्दोलनकारीले खरवाङ र ग्वालिचौरको बीचमा दगातुन्डाँडा—९ काँडेरुखमा बन्दकर्ताहरुले तोडफोड गरेका थिए ।
बुर्तिवाङबाट काठमाडौंको लागी छुटेको ना ४ ख ९२१३ नंम्वरको यात्रुवाहक बसलाई रोकी बसको सिसाहरु फुटाइएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिए । बसमा सवार तुलसी अर्यालले भिजिलान्ते प्रयोग गरी आफुहरु सवार बसमा तोडफोड गरेको बताए ।
यता बुधबार नेपाल शिक्षक संघको नेतृत्वमा भएको बिरोध सभामा सभासद प्रकाश शर्मा पौडेलको अभिव्यक्तिको नेकपा एमालले आलोचना गरेको । सभासद पौडेलले ‘काठमाण्डौमा सबै दलका हामी सभासदहरु सँगै आन्दोलनमा छौँ, जिल्लामा पनि तपाईँ सवै दलले आन्दोलनलाई अघि बढाउनु भएको छ, तर, बुर्तिवाङका एमाले र एमाओवादीका साथीहरु जिल्ला टुक्राउन लाग्नु भएको छ । वहाँहरुलाई सम्झाउनुहोस् ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेले एक विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले एकपक्षीय विवादित अभिव्यक्ति दिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माद्वारा हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा ‘आन्दोलनकै सहयोद्धा दलहरुप्रति निराधार र कथोकल्पित रुपमा आक्षेप लगाइ साझा आन्दोलन र कार्यक्रम विपरित अभिव्यक्ति दिएको उल्लेख छ । बुधवार भएको कार्यक्रममा बलपूर्वक हस्तक्षेप गरी संयुक्त भावनाको मर्म विपरित नेपाल शिक्षक महासंघको अगुवाईमा भएको कार्यक्रम विपरित अतिथि र वक्ता बनाउन कांग्रेस सम्बद्ध व्यक्तिले दबा दिएको उल्लेख छ । एमालेले भाद्र १७ गतेको मानव साङ्लो कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गरेको छ ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

