
|
|
बागलुङ—क्षेत्री पत्रकार समाज बागलुङको अध्यक्षमा राम थापा ‘अविरल’ चयन भएका छन् । बुधबार बागलुङमा सम्पन्न समाजको दोस्रो अधिवेशनले थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सन्तोष क्षेत्री, सचिवमा सिर्जना पन्त, सह–सचिवमा गुमानसिंह भण्डारी, कोषाध्यक्षमा अर्जुन कार्की रहेका छन् । यसैगरी सदस्यहरुमा उषा पौडेल, भुपेन्द्र केसी, सचदेव क्षेत्री, छविचन्द्र केसी, अमिशा कुवँर र जेनिशा नायर रहेका छन् ।
यसैगरी रेणु केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै क्षेत्री कलाकार समाकजको दोस्रो अधिवेश पनि सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा कृष्ण अखेली, सचिवमा हस्त केसी जलन, सह–सचिवमा सुजन केसी, कोषाध्यक्षमा भावना खड्का र सदस्यहरुमा सौगात खडका, सीता नायक, शान्ति रायमाझी, सीता खत्री, सविता केसी र लक्ष्मण केसी रहेका छन् ।
Source: Nawasandesh
Source: Nawasandesh

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

