
|
|
बागलुङ, भदौ १५ गते । बागलुङ क्षेत्र नम्बर दुईका सभाषद प्रकाश शर्मा पौडेलले जिल्ला दुई प्रदेशमा विभाजन गरेको निर्णय सच्चाउने आश्वासन केन्द्रीय स्तरका नेताहरुले दिएकाले बागलुङ अखण्ङ अखण्ड नै रहने आशा पलाएको तर शिर्ष नेताले संसोदन प्रस्ताव मार्फत निर्णय नसच्चाए आफुले सभाषदबाट राजिनामा दिएर आन्दोलनमा लाग्ने बताउनुभयो ।
बागलुङमा चलिरहेको आन्दोलनमा साथ दिन बागलुङ आउनुभएका सभाषद पौडेलले शीर्ष नेताहरुको प्रतिवद्धतामा विश्वस्त हुन नसक्ने भएकाले आन्दोलनमा सहभागी हुन आएको बताउनुभयो ।
यस्तै क्षेत्र न १ की सभाषद चम्पादेबी खड्काले संबिधान सभाको अन्तीम रुप आउन बाकीनै रहेकाले अमृत रुपमा टुक्रीएको बागलुङ जिल्ला एक भएर आउने बताउनु भएको छ । शिर्ष नेताहरुले संसोधन प्रस्तावमार्फत जिल्ला नटुक्राउने आश्वासन दिएकाले बागलुङ पुन एक हुने उहाको भनाइ रहेको छ । जिल्ला टुक्राउनुमा भौगोलिक एवं सामाजिक कुनै कारण नभएको भन्दै ढोरपाटनका लागी मात्र शिर्ष नेताको आखाँ गढेको खड्काले बताउनुभयो । जिल्ला टुक्राउदा धौलागिरिका कुनै पनि सभाषद्हरुलाई जानकारी नभएको भन्दै जिल्लाको पुर्व र पश्चिम क्षेत्र भनि सिमाङकन गरिएकाले यो मान्य नहुने उहाले बताउनुभयो ।
अखण्ड बागलुङको माग गदै अनिस्चितकालिन बागलुङ बन्दको ११ औ दिन पनि जारी विरोधको कार्यक्रममा यस्तो बताएका हुन । पनि ‘मुटु भन्दा प्यारो बागलुङ टुक्राउन पाइदैन, कुनै पनि हालतमा दुइ कित्ता भइदैन’ भन्ने नाराका साथ नेपाल शिक्षक महासंघ बागलुङ र नेपाल सामुदायिक उच्च माध्यामिक शिक्षक युनियन बागलुङले अखण्ड बागलुङको माग गर्दै विरोध निकालेका हुन् । सभामा नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य झपिन्द्रबहादुर क्षत्री, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य टिकाराम सापकोटा, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य नारायण शर्मा पौडेल, नेपाल अभिभावक संघ बागलुङका केवि राना मगर, प्याबसनका अध्यक्ष नवराज श्रेष्ठ, अनप्याब्सनका अध्यक्ष बालकृष्ण शर्मा, बालकृष्ण कँडेल, अखिल नेपाल शिक्षक संघका मित्रदत्त ढकाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष गोविन्दबहादुर भण्डारीको अध्यक्षता, एकिकृत अखिल नेपाल शिक्षक संगठनका मुहमद अजिजको स्वागत मन्तव्य र नेपाल शिक्षक संघका भवानीप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Source: Nepalsanchar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

