
|
|
सिर्जना पन्त,बागलुङ, २०७२ भदौ २७ । हरितालिका तिजका अवसरमा नाचगान, खानपिन र रमाइलो कार्यक्रम गरी सबै रमाई रहेको समयमा निलगिरि अस्पतालले भने महिलाहरुको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरेको छ ।
धौलागिरी सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित निलगिरि अस्पतालले हरितालिका तीजको अवसर पारेर महिलाहरुको निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको हो ।
शिविरमा १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर लक्ष्मी आचार्य गौतमले जानकारी दिईन् ।
तीजमा रमाउनका लागि पनि महिलाहरुको स्वास्थ्य अवस्था राम्रो हुन आवश्यक छ, डाक्टर गौतमले भनिन्–‘पाठेघर, स्तनको क्यान्सर लगायतका समस्याले महिलाहरु आक्रान्त छन्, उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिने उदेश्यका साथ शिविर सञ्चालन गरिएको हो ।’ शिविरमा आएका मध्ये अधिकांशमा पाठेघरको समस्या रहेको उनले जानकारी दिएकी थिईन् ।
स्वास्थ्य शिविरको उद्घाटन बागलुङ नगरपालिका–५ निवासी १ सय ५ वर्षीया जेष्ठ नागरिक लिलाकुमारी केसीले गरेकी थिईन । सो अवसरमा उनले सबैमा सुस्वास्थ्य तथा दिर्घायुको कामना गरेकी थिईन ।
जेष्ठ नागरिक लिलावती केसी र अर्का जेष्ठ नागरिक ९३ वर्षीया बल्लभी आचार्यको स्वास्थ्य परिक्षण गरेर शिविरको शुरुवात गरिएको थियो । बल्लभी आचार्यले महिलाहरुmलाई स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने उदेश्यले आयोजित शिविरले सबैलाई स्वस्थ्य रहन प्रेरणा दिने बताएकी थिईन् ।
कार्यक्रममा विशिष्ठ अतिथि डिभिजन सहकारी कार्यालय बागलुङका अधिकृत विष्णुप्रसाद शर्माले सहकारी मार्फत सञ्चालित निलगिरि अस्पतालले दिएको सेवालाई प्रभावकारी बनाउदै लैजानका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा केन्द्रीय सूचना तथा सञ्चार सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले स्वास्थ्य नै धन भएकाले सबैले आफ्नो नियमित स्वास्थ्य परिक्षण गराउनु पर्नेमा जोड दिएकी थिईन ।
अस्पतालबाट प्रदान गरिने सेवा सुविधाका बारेमा अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द जोशी गौतमले जानकारी गराएका थिए ।
शिविर उद्घाटन कार्यक्रम संस्थाका उपाध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, सचिव रामबहादुर जिसीको सञ्चालन र सञ्चालक तथा स्वास्थ्य उपसमितिका संयोजक थानेश्वर सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।
शिविरमा स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.लक्ष्मी आचार्य गौतम, एनेस्थेसियोलोजिष्ट डा. गोविन्द जोशी गौतम र मेडिकल अधिकृत डा. आयुष रायमाझी लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।
Source: Dhaulashree

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

