Home » » भलिवल प्रतियोगिता सहित स्टार युथ क्लव रेशको तीजी मेला सम्पन्न !

भलिवल प्रतियोगिता सहित स्टार युथ क्लव रेशको तीजी मेला सम्पन्न !

बागलुङ, २०७२ असोज १ । स्टार युथ क्लव रेश–६ बागलुङले आयोजना गरेको तीजी मेला सम्पन्न भएको छ । मेलाका अवसरमा आयोजित ६० हजार नगद सहितको खुल्ला भलिवल प्रतियोगिताको उपाधी धौलागिरि फिड एण्ड पोल्ट्री फर्मले प्राप्त गरेको छ । मोनिका ट्राभल्सले ४० हजार नगद सहित द्वितिय पुरस्कार प्राप्त गरेको थियो ।

१२ टिमको सहभागिता रहेको भलिवल प्रतियोगितामा मोनिका ट्राभल्सका टिका खड्काले सर्वोत्कृष्ट खेलाडि र धौलागिरि फिड एण्ड पोल्ट्री फर्मका रमेश केसीलाई अनुशासित खेलाडिको पुरस्कार प्रदान गरिएको थियो ।


यस्तै तिजी विशेष एक नृत्य प्रतियोगितामा सपना कार्की प्रथम, विपिशा कार्की द्वितिय र ज्योती कुँवरले तृतिय स्थान प्राप्त गरेका थिए । यस्तै दरखाने प्रतियोगितामा गुमा खड्का विजयी भएकी थिईन् ।

प्रतियोगितामा विजयी खेलाड ितथा कलाकारहरुलाई स्टार युथ क्लवका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसी, रेश नुन्थला उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गरेका थिए ।

तीजी मेलामा तिलक ओली, सम्झना लामिछाने, राजेश वर्देवा लगायतका राष्ट्रिय सहित स्थानीय कलाकारले विभिन्न गीत संगित प्रस्तुत गरेका थिए ।

कार्यक्रम स्टार युथ क्लवका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता र सदस्य महेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
मेलाको मुख्य प्रायोजकमा राज्यलक्ष्मी सुनचादी गहना पसल लगायत रहेका थिए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}