
|
|
बागलुङ, २०७२ असोज १ । कालिका युवा क्लव रेश–९ बागलुङले आयोजना गरेको तीजी मेला बिहीवार सम्पन्न भएको छ । मेलाका अवसरमा आयोजित ६० हजार राशीको खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधी थ्री ब्रदर्श वर्कसप मल्म गल्कोटले प्राप्त गरेको छ ।
४० हजार राशीको द्वितिय पुरस्कार होराइजन युथ क्लव रेश–५ ले प्राप्त गरेको छ । यस्तै २० हजार राशीको तृतिय पुरस्कार क्षत्री समाज लेखानी–१ ले प्राप्त गरेको छ ।
४० हजार राशीको द्वितिय पुरस्कार होराइजन युथ क्लव रेश–५ ले प्राप्त गरेको छ । यस्तै २० हजार राशीको तृतिय पुरस्कार क्षत्री समाज लेखानी–१ ले प्राप्त गरेको छ ।
२७ टिमको सहभागिता रहेको प्रतियोगितामा यस्तै खुल्ला तिज गित प्रतियोगितामा कालिका युवा क्लवको महिला समुह प्रथम, कमेरखोल्सा आमा समुह द्वितिय र भैरव आमा समुह तृतिय भएका थिए ।
मेला समापनका अवसरमा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सदस्य रामबहादुर जिसी, नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मिलन कुँवर, नेकपा एमालेका जिल्ला सदस्य तथा क्षेत्री समाज बागलुङका उपाध्यक्ष अञ्जु जिसीले मन्तव्य व्यक्त गरेका थिए ।
समापन कार्यक्रम क्लवका अध्यक्ष चन्द्रबहादुर कार्कीको अध्यक्षता, सदस्य शिव जिसीको स्वागत तथा सचिव रन मिलन जिसी र पूर्व अध्यक्ष प्रेम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
मेलामा राष्ट्रिय कलाकारहरु तेजेश रेग्मी, रेणु केसी, हस्त केसी सहित स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । मेलाका अवसरमा सहयोग गर्ने विभिन्न संघ संस्थाहरु तथा व्यक्तिहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

