Home » » बालुवा बोकेर कास्की नयाँपुलतिर जादै गरेका ट्रिपरहरु प्रहरी नियन्त्रणमा !

बालुवा बोकेर कास्की नयाँपुलतिर जादै गरेका ट्रिपरहरु प्रहरी नियन्त्रणमा !

महेन्द्र केसी, पर्वत २०७२ भदौ ३१ । विक्री तथा निकासी कर भुक्तानी गरी गुडेका गाडीहरु सडकबाटै प्रहरीले समातेपछि व्यवसायी मर्कामा परेका छन् । कालीगण्डकी क्रसर उद्योगबाट बालुवा बोकेर कास्की नयाँपुलतिर जादै गरेका टिपरहरु प्रहरीले पक्राउ गर्दा व्यवसायी मर्कामा परेका हुन् । बालुवा बोकेका टिपरहरुले क्रसर उद्योगलाई विक्री तथा निकासी कर भुक्तानी गरी गुडेको पाईएको छ । कानूनी ईजाजत प्राप्त मालबाहक गाडीहरु विच बाटोबाटै प्रहरीले नियन्त्रणमा लिँदा व्यवसायी व्यवसाय नै चौपट हुने डरले हतोत्साही बनेका छन् ।


राज्यलाई कर भुक्तानी गरी कानूनी ईजाजत लिई व्यवसायीले करोडौ लगानी गरी क्रसर उद्योग संचालन गर्दै आएका छन् । यता जिल्ला प्रहरी प्रमुख प्रनाउ गंगा पन्तले अवैध ढंगले बालुवा कालीगण्डकी नदीबाट निकालेर गुड्दै गरेको अवस्थामा सडकबाट ट्रिपर पक्राउ गरिएको बताईन् । उता क्रसर व्यवसायीले गत वर्षकै मौज्दात बालुवा विक्री गरेका र अहिले खोलाबाट ननिकालेको दावी गरेका छन् । पक्राउ गरिएका ट्रिपर गाडीका मालिक बेलबहादुर कार्कीले क्रसर उद्योगीसँग बालुवा खरीद गरी लिएका थिए ।

गाडीवाला कार्कीले गुनासो गर्दै भने, मैले क्रसर उद्योगीलाई मूल्य तिरेर लिएको बालुवा पुलिसले समातेर अन्याय गरेको छ । निकासी तथा विक्रीकर तिरेर लिएको गाडी दश दिनसम्म समातेर राख्दा कसैले सुनुवाई गरेको छैन । मैलै क्षतिपूर्ति कसबाट पाउने ? क्रसर उद्योगी रामकृष्ण मल्लले प्रहरीले अनावश्यक दुःख र हैरानी दिई व्यवसायलाई चौपट पार्न थालेको आरोप लगाएका छन् । व्यवसायी मल्लले भने जिविसबाट खुलाईएको पचास लाख बरावरको ढुंगा, गिटी, बालुवाको सार्वजनिक टेण्डर लिई कानूनी प्रक्रिया सम्मत आवश्यक रकम भुक्तानी गरी संचालनमा ल्याईएको रामकृष्ण निर्माण सेवालाई राज्यकै निकायले अड्चन दिएको छ । उद्योगी मल्लले जिविस पर्वतसँग मिति २०७२।४।१ देखि ०७३।४।३० सम्मलाई हुनेगरी ढुंगा, गिटी, बालुवा निकासी तथा विक्री सम्झौता गरी पहिलो किस्ता वापतको पच्चीस प्रतिशत रकम बुझाई सकेका छन् । स्थानीय निकाय जिविस पर्वतले सम्झौता गरी रामकृष्ण निर्माण सेवालाई बालुवा, ढुंगा, गिटी निकासी गर्न अनुमति दिने तर यता जिल्ला प्रहरी कार्यालयले भने विक्रीका लागि गुडेका मालवाहक गाडीहरु समातेर दुःख दिईदा कानूनकै धज्जी उडाईएको व्यवसायीको आरोप छ ।

असार, साउन, र भदौमा बालुवा नदीबाट उत्खनन् गर्न नपाईने भन्ने कानूनी मान्यता रहेको जिविस पर्वत बताउँछ । यदि यो मान्यता विपरित हो भने प्रहरीले आफूलाई खोला किनाराबाट पक्राउ गर्न सक्नुपर्ने थियो । नदीबाट बालुवा निकाल्न प्रयोग गरिएका डोजर समात्न सक्नुपर्ने थियो भने मुचुल्का समेत उठाइनु पर्दथ्यो तर केही छैन । खोलाबाट बालुवा निकालिएकै छैन भने कसरी समात्ने कुरा हुन्छ । व्यवसायीले गुनासो गरे । प्रत्यक्ष अप्रत्यक्ष गरी हजारौ सर्वसाधारणलाई रोजगारी दिएको क्रसर उद्योगलाई सरकारी निकायले सुरक्षा प्रदान गर्नुको बदला संचालनमा अवरोध पुराउनु गलत भएको उद्योगी तथा निर्माणव्यवसायीहरुको भनाई छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}