
|
|
स्याङ्जा २०७२ असोज १ । नेपाली कलासँस्कृतिको सम्मान, नव प्रतिभाको प्रोत्साहन!!! भन्ने मुल नाराका साथ स्याङ्जाको पश्चिमी ईलाका रापाकोट—३, आग्रिखर्कमा तीज विशेष साँस्कृतिक मेला भएको छ । तीजमा अनेक तडकभडक र पश्चिमा सँस्कृतिले जरो गाडेको बेलामा हाम्रै सँस्कृतिमा रमाउनुपर्छ, स्थानिय भेषभुषाको जगेर्ना गर्नुपर्छ, हाम्रो गाउँ हाम्रो नाउँ भन्ने उद्देश्यकासाथ कार्यक्रम भएको हो । देउराली भन्ज्याङ् सक्रियसमूह रापाकोट—३, आग्रिखकले आयोजना गरेको उक्त भव्वे कार्यक्रममा स्याङ्जा तथा पर्वतका विभिन्न गा.वि.स.का मानिसको उपस्थिती रहेको थियो ।
स्याङ्जा र पर्वतको सिमाना नजिकै कार्यक्रम भएको हुँदा ती जिल्लाको भेषभुषालाई उच्च प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । पुराना तीज भाकाहरुको दोहोरी घम्साघम्सी, स्याङ्जा तथा पर्वतमा प्रचलित लोप हुन लागेको सालैजो ठाडो भाका, तीज नृत्य प्रतियोगिता, गन्धर्व जातिले गाउने सारङ्गी भाका, मौलिक सँस्कृति बोकेका सालैजोभाका, लगाएत चर्चित कलाकार हरुको सन्देशमूलक गितको प्रस्तुति रहेको बताईएको छ । यहि भाद्र ३० गते औपचारीक कार्यक्रमको प्रमूख अतिथिमा धेरै पटक भुकम्प पीडितलाई राहत सामग्री लिएर कहिले गोर्खा, कहिले धादिङ्, त कहिले नुवाकोट पुगेका हालसालै पोखरा छोरेपाटन निवासी विभिन्न संघ सँस्थामा आवद्ध समाजसेवी व्यक्तित्व ईस्वरी लम्साल रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि लम्सालले तडकभडक रहित यस्ता कार्यक्रमले ग्रामिण ईलाकाको पहिचानमा ठुलो भुमिका खेल्ने बताए । कार्यक्रमका सभापति प्रेमलाल लम्सालले युवाहरुको जोस जाँगर नै ग्रामिण विकासको आधार रहेको बताए ।
स्याङ्जा र पर्वतको सिमाना नजिकै कार्यक्रम भएको हुँदा बाक्लो जनसहभागिता थियो । चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले गर्दा दर्शक बस्नै भ्याएनन् चर्को घाममा पनि नाचेर साथ दिए ।
कार्यक्रमको सन्चालन राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान स्याङ्जा जिल्ला कार्य समितिका सदस्य एवम् सालैजो गायक रुद्र प्रसाद लम्साल तथा गायक नविन काफ्लेले गरेका थिए ।
हरेक बर्ष लगातार हुँदै आएको कार्यक्रम २ बर्ष भव्य हुन नसकेतापनी यस बर्ष राष्ट्रिय कलाकारहरुको प्रस्तुति तथा हास्यव्यङ्य प्रहसनले पनि धेरै दर्शक तानेको बताइएको छ । कलाकारहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा जिल्ला कार्यसमितिका सदस्य एवम् सालैजो गायक रुद्र प्रसाद लम्साल, प्रतिष्ठान उपत्याकाका सदस्य क्षितीज गुरुङ्, लोक तथा दोहोरी गायक नविन काफ्ले, कृष्ण विश्वकर्मा, राजकुमार विश्वकर्मा लगायत स्थानिय कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रममा गन्धर्व जातिले गाउने सारङ्गी भाकाले दर्शक मन्त्रमूग्ध भएका थिए । तस्तै कलाकारहरुलाई सम्मान पनि गरिएको गायक लम्सालले जानकारी दिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

