
|
|
म्याग्दीका किसान व्यावसायिक टिम्मुर खेतीतर्फ आकर्षित भएका छन् । नेपाल सरकार र उद्योग वाणिज्य महासंघको सहकार्यमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत म्याग्दी उद्योग वाणिज्य संघले टिम्मुर खेती कार्यक्रम लागू गरेपछि किसान यसतर्फ लागेका हुन् ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा टिम्मुरको माग बढ्न थालेपछि आफूहरु व्यावसायिक रुपमै टिम्मुर खेतीमा लागेको किसान बताउँछन् । खेतबारी, पाखा र खाली जग्गामा लगाउन सकिने भएपछि पछिtimur2ल्लो समय जिल्लामा टिम्मुर खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले टिम्मुर उत्पादनका बारेमा सहयोग गरेसँगै जिल्लामा एकल तथा सामूहिक प्रयासमा टिम्मुर खेतीको विस्तार भैरहेको छ । म्याग्दीमा हालसम्म ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमबाट जिल्लाको मुदी, ताकम, घतान, बराङ्जा, दग्नाम र नारच्याङ गाविसमा १६ हजार ६ सय बिरुवा लगाइएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लामा टिम्मुर उत्पादनको प्रचुर सम्भावना भएकाले हरेक वर्ष विरुवा वितरण गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्मचार्यले बताउनुभयो ।
म्याग्दी जिल्लालाई टिम्मुर खेतीको पकेट क्षेत्र र नमुना जिल्लाको रुपमा विकास गर्न नेपाल सरकारको नीति अनुरुप ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत टिम्मुर खेतीको कार्यक्रम लागू गरिएको हो । देशभरमा २०६३ सालदेखि कार्यक्रम लागू भएपनि म्याग्दीमा २०६८ सालमा ‘एक जिल्ला एक उत्पादन’ अन्तर्गत टिम्मुर खेती शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुविरकुमार श्रेष्ठले बताउनुभयो । टिम्मुर खेती शुरु गरिएको गाविसमध्ये घतानको तोरीपानीमा मात्रै १९ ओटा व्यावसायिक टिम्मुर समूहमा २ सय भन्दा धेरै किसान आबद्ध रहेका छन् । त्यसैगरी नारच्याङमा ३ र अन्य गाविसमा एकएक ओटा समूहले सामूहिक टिम्मुर खेती गर्दै आएका छन् । सामूहिक खेतीमा लागेका किसानले व्यक्तिगत रुपमा समेत नर्सरी बनाएको बेनी नगरपालिका १० तोरीपानीका टिम्मुर किसान सागर बानियाँले बताउनुभयो । व्यावसायिक टिम्मुर खेतीको बारेमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘अरु खेतीमा मेहनतभन्दा आम्दानी कम हुन पनि सक्छ तर, यसमा थोरै मेहनतले धेरै कमाई गर्न सकिन्छ ।’
जिल्ला वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले वन कार्यालयले टिम्मुर खेतीमा प्राविधिक सहयोग गरेको बताउँदै जिल्लामा उच्च सम्भावना रहेकाले ३० भन्दाबढी गाविसमा टिम्मुरको व्यावसायिक खेती गर्न सकिने बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले तोरीपानीमा मात्रै १३ सय २० बिरुवाले फल दिइरहेको जानकारी दिनुभयो । टिम्मुर खेतीलाई जिल्लाको पहिचानका रुपमा लिएकाले संस्थागत रुपमा समेत यसलाई सहयोग गर्नेगरी कार्ययोजना बनाइएको उहाँको भनाई छ । किसानको मेहनतलाई मध्यनजर गरी जिल्लामा आयोजना गरिने मेला, महोत्सव तथा जिल्ला बाहिरका आफन्त र पाहुनालाई पछिल्लो समय कोसेलीका रुपमा टिम्मुर उपहार दिने गरिएको छ । टिम्मुरलाई औषधी, जडिबुटी तथा खानाको परिकारका लागि मसलाका रुपमा प्रयोग गर्ने गरिन्छ । गएको वर्ष जिल्लाबाट यूरोपमा मात्रै ८५ केजी टिम्मुर निर्यात भएको थियो भने जापान, दक्षिण कोरिया, अमेरिका, यूकेमा रहेका नेपाली रेष्टुरेन्ट र डिपार्टमेन्टल स्टोरबाट टिम्मुरको माग आउन थालेको किसान बताउँछन् ।
किसानको घरमै प्रतिकेजी १५ सय रुपैयाँका दरमा टिम्मुर बिक्री हुँदै आइरहेको छ । अन्य जिल्लाको तुलनामा म्याग्दीको टिम्मुर स्वादिलो र उत्कृष्ट हुने भएकाले माग बढेको किसानको अनुभव छ । अनुकूल मौसम, पर्याप्त हेरचाह, मलजल गरेमा जिल्लाबाट वार्षिक २६ सय केजी टिम्मुर सङ्कलन गर्न सकिने अनुमान गरिएको छ ।
Source: Nepalsanchar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

