Home » » मुस्ताङमा चलचित्र किस्मत–२ को शुभमुहुर्त !

मुस्ताङमा चलचित्र किस्मत–२ को शुभमुहुर्त !

केशव विश्वकर्मा, मुस्ताङ, २०७२ भदौ २७ । छवि प्रोडक्सनको चलचित्र किस्मत २ को एक कार्यक्रमका बिच शनिवार जोमसोम एयरपोर्ट स्थित शिवमन्दिरमा शुभ मुहुर्त गरिएको छ । चलचित्र निर्माण युनिट र जिल्लाका प्रमुख व्यक्तिहरु तथा पत्रकारहरुको उपस्थितिमा चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
नेपाली चलचित्र उद्योगका एक सफल निर्माता छविराज ओझाले निर्माण गर्न लागेको चलचित्रको निर्देशन ऋषि लामिछानेले र छायांकन मदन काश्यप घिमिरेले गर्ने बताइएको छ ।

चलचित्रमा नायक किशोर खतिवडा तथा नायिका शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । मुस्ताङ प्राकृतिक सुन्दरता र रमणिय ठाउँ भएको भन्दै नायिका शिल्पाले पहिलो पटक मुस्ताङमा आउन पाउँदा खुशि व्यक्त गरिन ।

साथै उनले चलचित्रमा आफ्नो दृष्टिविहिनको भूमिका रहेको भन्दै चलचित्रमा उत्कृष्ट कथावस्तु रहेकाले चलचित्र सफल हुनेमा आफु विश्वस्त रहेको पनि बताइन् ।

समाजमा भएका यथार्थ घटनालाई समेटी चलचित्र निर्माण गर्न लागिएको र निर्माणको लागत ७० लाख लाग्ने चलचित्रका निर्माता छविराज ओझाले बताए ।
मुस्ताङ प्राकृतिक रुपमा सुन्दर भएकाले यसको सुन्दरतालाई विश्वसामु चिनाउन तथा कलासंस्कृतिको जगेर्ना गर्नको लागि मुस्ताङका विभिन्न ठाउँमा दुई हप्ता सम्म रहेर छायांकन गर्ने चलचित्रका निर्देशक ऋषि लामिछानेले बताए ।

चलचित्रमा पृथ्वीराज प्रसाई र मुस्ताङकी स्थानिय सरस्वती तामाङले डेब्यु गर्न लागेको चलचित्रका निर्देशक लामिछानेले जानकारी दिए ।
मुस्ताङको कागबेनी, मुक्तिनाथ, मार्फा लगायत देशका विभिन्न ठाउँमा छायाँकन गरिने उक्त चलचित्र आगामी चैत २६ गते रिलिज गर्ने निर्माता ओझाले बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}