Home » » पोर्नस्टार बन्न चाहने अर्चनालाई पत्रकार मञ्जुले दिइन् यस्तो सुझाव

पोर्नस्टार बन्न चाहने अर्चनालाई पत्रकार मञ्जुले दिइन् यस्तो सुझाव

महेन्द्रनगरकी अर्चना छोरीलाई मेरो सुझाव तिम्रो भावनामा चोट पुर्‍याउने उदेश्य होइन तर यी शब्दले तिमिलाई केहि नराम्रो महशुस भए क्षमा चाहन्छु ।
मेरो घर पनि महेन्द्रनगर नै हो । गत फाल्गुनमा म घरायसी कामले गृह जिल्ला महेन्द्रनगर गएकी थिएँ । संयोगले नेपाल उद्योग परिसंघको एउटा कार्यक्रम होस्ट गर्न मसँग कुरा आयो मैले पनि हुन्छ भने ।
त्यही वेला अचर्ना पनेरुसँग भेट भयो । उनकी मम्मीले आफ्नी छोरीलाइ नृत्य गराउन निकै मेहनत गरिरहनु भएको थियो ।
म सँग आफ्नी छोरीको बलिउड हिरोइन बन्ने इच्छा सुनाउनु भयो । अर्चनाका बाबा पनि स्टेजमा आउनुभयो । अर्चनाले निकै राम्रो नृत्य गरि, सबैले ताली पिटें, मैले उनको प्रतिभा देखेर निकै सम्मानित शब्द उनका लागि खर्च गरें ।
उनकी मम्मीको लगाव धेरै थियो,उनीरुले आमा छोरीले दोस्रो दिन मलाइ मेकअपको सामान गिप्ट ल्याइदिएका थिए, अर्चनाकी मम्मी आफ्नी छोरीको सफलताका कुरा गर्दे भक्कानिएर म सँग रोइन ।
विरलै आँसु खसाउने म, उनको भावुकता देखेर आँखा रसाए, मन मन सोचें कि एक चेली सँग यस्तै साथ दिने आमा हुन्थे भने नेपाली चेली धेरै अघि बढ्थे भनेर ।

म व्यक्तिगत काम सकिएपछि काठमाण्डौ फर्किए, त्यसपछि मात्र अर्चनाले फेश बनाएको थाहा पाए । उनले मेरो रिक्कोइसट एक्सेप्ट गर्नु न म्याम भन्दै म्यासेज गरिन अनी मेरो ठुलो वाल फोटो बनाएर आफ्नो रुममा राखेको भनिन ।
उता पनि मलाइ निकै माया र सम्मान गरे आमा छोरीले । मेरो मन उनीहरुप्रति अलि अलि भए पनि माया थियो । काठमाण्डौ फर्केपछि मैले चिनेका केहि फिल्मी क्षेत्रका मानिसहसँग उनलाइ फिल्मी क्षेत्रमा ल्याउन सकिन्छ कि भनेर कुरा गरें । अवसर आउँछ, वातावरण मिल्यो भने हुन्छ भन्ने जवाफ पाएपछि म पनि ढुक्क भएकी थिएँ ।
एक दुई जनाले म अर्चनालाइ फिक्स भएपछि बोलाउछु भनेर भनेका पनि थिए ।तर अर्चनाले फेसबुकमा अपलोड गर्ने लुगाको साइज घटाउदै लगिन् । मलाई भित्री रुपमा त्यति मन परेन, र सुझाव दिन ठिक लागेन, हुँदा हुदै उनले नेपाली समाजलाइ अपाच्य हुने फोटाहरु अपलोड गर्न थालिन ।
एउटी सानी फुच्ची जसलाई मैले निकै निश्चल, सफा मन भएकी, सभ्य नानीका रुपमा हेरेकी थिएँ । एका एक घृणाको पात्र बन्न पुगिन, मेरो कार्यालयमा उनको चर्चा भयो ।
मेरा कति साथीले तिम्रो महेन्द्रगरकी केटी भनेर मलाई पनि होच्याउन खोजे । मलाई निकै पिडा भयो त्यति राम्री फुच्ची कसरी यस्तो गर्न सक्छे, हुदाँ हुदै उनलार्य पोर्न स्टार भनेर समाचार लेखेको देखें, म सोचिरहेकी छु आखिर अर्चनाले किन यस्तो हर्कत गरिन, अर्चनालाई मोडलिङको यस्तो घिनलाग्दो अर्थ बुझाउने मानिस को हो ??
कसले उनलाई प्रयोग गरेर फाईदा उठाउँदै छ ? उनका अभिभावक किन चुप लागे ? आज महेन्द्रनगरकी छोरीहरुको परिभाषा परिर्वतन हुँदा समेत किन यस विषयमा त्याहाँको बुद्धीजिवी वर्ग चुप लागेको छ ।
अर्चनालाई हतियार बनाएर चर्चा कमाउने को हो ? समाचारमा आए जसतो आमा बुवाले नै छोरीलाइ यस्तो हर्कत गर्न सघाउलान् ? हैन भने किन चुप, हो भने उपलब्धि के ?
नेपालको कानुन अनुसार अर्चना अहिले पनि नाबालक हुन, एउटा नाबालिकालाई उसको स्कुलबाट बञ्चित गरिंदै छ, समाजले घृर्णा गर्न थालिरहेको छ ।
उनको भविष्य अन्योल तर्फ जाँदै छ, उनी मात्र होइन सिंगो मेनद्रनगरका चेलीहरुलाई यहि विषयमा जोडर हेर्ने शुरुवात हुदैछ । उनका आधा दर्जन फेशबुक आइडी छन ति उनले नै चलाइरहेकी छन कि फेक हुन ?? उनको हर्कतले कञ्चनपुरलाई के असर पुग्छ ?? अनी उनलाई पोर्न स्टार भनिएको छ, कुन आधारमा, भोलि जब उनी नाबालिक बाट बुझ्ने उमेरमा प्रवेश गरेपछि यो कुराले उनलाइ के असर पाछ ??
महेन्द्रनगरको समाजले यो कुरा स्वीकार गर्न सक्छकी सक्दैन ?? सब अनुत्तरित छ । त्यसैले अर्चना मोडलिङ गर्ने बाटो यस्तो होइन, यसरी कमाएको चर्चाले तिमिलाई फाइदा छैन, संसारभरीका शक्तिशाली महिलाले लामो सरीर छोप्ने लुगा लगाउँछन, तीमि राम्री मात्र होइन धेरै राम्री छौ ।
स्टार होइन सुपर स्टार बन्न सक्छौ । तर यो बाटो अपनाएर होइन अहिले सम्मका नराम्रा कुरालाई सुधारेर नमुना बन, सबेको सहयोग रहेने छ ।
तिम्रो नाम लिएर गर्व गरुन महेन्द्रनगरवासीले । अर्चनालाई उक्साउनेहरुमाथि कानुनी व्यवस्थाको बारेमा सोच्नु पर्छ । मैले भेटेकी अर्चना निकै राम्री थिइन, विग्रको छैन अझै थुप्रै अवसर छन् ।
नीरु पाल पनि मेहेन्द्रनगरकै हुन, निलम चन्द पनि महेन्द्रनगरकै हुन, धेरैको नाम किन लिनु तर अर्चना यी दुईजना बाट केहि भएपनि राम्रो कुरा सिक ।
तिमी हाम्रो सान बन्नु पर्छ न की तिम्रो कारणले अरु चेलीको शिर झुकोस् । अन्त्यमा तिमिलाई मेरा शब्दबाट चोट पुगे क्षमा चाहान्छु । (महेन्द्रनगरकी कार्की माउन्टेन टेलिभिजनकी समाचार वाचिका हुन् ।)

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}