
|
|
राची । झारखण्डको राँची देखि १५ किलोमीटर टाढा रहेको सिरदौल गाँउमा सोमबार एक पागललाई गाउलेहरूले भुत भनेर कुटेका छन् । उनीहरुले नांगो बनाइ घिसारेर रुखमा बाँधेर कुटपिट गरेका हुन् ।
स्थानियबासिका अनुसार पछिल्लो केहि दिनहरुमा रातीमा एक मान्छे आएर ढोका ढक्ढकाउने गरेको र ढोका खोल्दा साडि लगाएको आइमाईले हतियार लिएर दैडिरहेको देख्ने गरेको बताए ।
यसरी केही दिन पछि गाउँले त्यस मानिसलाई समाते र प्रहरीलाई बुझाए तर प्रहरीले ति ब्यत्तिलाई पागलको बिरामी भएको भन्दै अस्पतालमा लगेको थियो ।
त्यसपछि फेरी केहि दिन पछि राती गाउँमा ढोका ढक्ढकाउन कार्य सुरु भयो । गाँउनेहरुले पक्कै भुत हो भने डराएर । लुकेर हेर्दा साडि लगाएको मानिस हतियार लिएर दौडिएको देखे । अन्त्यमा त्यसलाई पनि समाते निर्णय गरी समातेर सबै गाउँलेहरुले नांगो बनाएर रुखमा बाधेर कुटाई गरेका हुन् ।
कुटपिटगरिरहेको समयमा पुलिस पुगेर त्यस व्यक्तिलाई छुटाएको थियो । गम्भिर घाइते ति व्यक्तिलाई अस्पताल लगिएको छ ।यि व्यक्तिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यि व्यक्ति के हुन भनेर अहिले सम्म पहिचान नभएको प्रहरीले जनाएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

