
|
|
३० भदौ, काठमाडौं । संविधानसभाले नेपालको नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ । असोज ३ गते अपराहृन ५ बजे औपचारिक समारोहका बीच राष्ट्रपतिले नयाँ संविधान घोषणा गर्नेछन् ।
संविधानले बुधबार संविधानमा थपिएका ६ सहित ३०८ धारा पारित गरेको थियो । त्यसपछि बसेको अर्को बैठकमा विधानको सिंगो विधेयकमाथि मत भयो ।
मतदानमा ५३२ सभासदले भाग लिएका थिए । जसमा संविधानको पक्षमा ५०७ मत परेको छ भने विपक्षमा २५ मत परेको छ । राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ । मतदान प्रक्रियामा ८ सभासद सहभागी भएनन् ।
तत्काल कायम रहेका कुल ५९८ मध्ये मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन् ।
संविधान पारित भएको घोषणापछि शीर्ष नेताहरूसहित सबै सभासदहरु आआफ्नो स्थानबाट उठेर हात उठाएर समर्थन गरेका थिए ।
संविधासभाले संविधानमा भाषाागत रूपमा परिर्वतन नगरी नहुने विषय भए मिलाउन सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । जसमा मस्यौदा समितिका सभापति कृष्ण सिटौला, एमाले प्रमुख समेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोखरेल र राप्रपा नेपालका सभासद कुन्ती शाही छन् ।
त्यसपछि संविधनसभा सचिवालयले नेपाली कागजमा संविधानका केही प्रति प्रकाशन गर्नेछ भने शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासदहरुले हस्ताक्षर गर्ने समय छुट्याइएको छ । सभासदहरुले वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नेछन् ।
सभासदहरुको हस्ताक्षरपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नेछन् । असोज ३ गते साँझ ५ बजे संविधानसभामा विशेष समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नेछन् ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान घोषणाको बैठकमा औपचारिक राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन सभासदहलाई आग्रह गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

