
|
|
एजेन्सी, महिनावारी नियमित प्राकृतिक प्रक्रिया भएपनि महिलाहरुले झेल्नुपर्ने शारिरिक, मानसिक र समापिच्छैको पीडा पुरुषले कल्पना पनि गर्न सक्दैनन् । खासगरी शुरुका तीन दिन महिलाहरुलाई असाध्य कष्टकर भएर आउँछन् । कतिपय महिलाहरुलाई यो अवधिमा सामान्य खानपीन र सफा भित्री कपडा या प्याड समेत उपलब्ध हुँदैन ।
यस्तो अवस्थामा वाटरएड नामक एउटा कम्पनीले पहिलोपटक यदि पुरुषहरुलाई पनि महिनावारी हुने भए के हुन्थ्यो होला ? उनीहरुको भागदौडको जिन्दगीमा यसले कस्तो प्रभाव पाथ्र्यो होला भन्ने कल्पना गरेर विज्ञापनको भिडियो निर्माण गरेको छ ।
हालैमात्रको एउटा अनुसन्धानमा पुरुषहरुलाई पनि महिनावारी भएको भए सबैभन्दा पहिले उनीहरुले फेसबुकमा यसबारे. लेख्ने बताएको थियो. । उता महिलाहरुले भने पुरुषहरुलाई पनि महिनावारी हुने भए संसारमा महिला र पूरुषबीचको असमान सम्बन्धको मुहार नै बेग्लै हुने बताएका थिए ।
हेर्नेपर्ने यो भिडियोले महिनावारीको गम्भीरतालाई पुरुषहरुले पनि बुझ्नुपर्ने सन्देश दिएको छ । सामान्य प्राकृतिक प्रक्रिया भएपनि सामाजिक अन्धविश्वास र यौनस्वास्थ्यको गलत दृष्टिकोणका कारण महिलाहरुले भोगिरहेको पीडालाई यो भिडियोले प्रहार गर्न खोजेको छ ।
हालै मात्र भारतका कतिपय विश्वविद्यालयका छात्राहरुले समेत महिनावारीका कारण महिलामाथि हुने यौनजन्य मानसिक हिंसाको विरोधमा देशव्यापी प्रदर्शन गरेका थिए ।
तस्वीरः भारतमा भएको प्रदर्शनका क्रममा कलेजका छात्रहरु

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

