Home » » गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिन छ, तर काम छैन !

गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिन छ, तर काम छैन !

गुमानसिँह भण्डारी, गल्कोट २०७२ असोज ८ । गल्कोट भेगको एकमात्र सबैभन्दा ठुलो सरकारी स्वास्थ्य सस्था गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरको एक्सरे मेसिन बिग्रिएको करिब करिब ३ बर्ष भइएसक्यो, तर यति लामो समय बितिसक्दा पनि मसिन बनेको छैन । यस अगाडि पनि धौलाश्री अनलाईन लगायत विभिन्न सन्चार माध्यमहरुमा यो समाचार प्रसार प्रसारण हुँदा पनि सरोकारवाला निकायबाट खासै चासो नराख्दा यस भेगमा हजारौ मानिसहरु सेवावाट वन्चित बनेका छन् ।

जिल्ला स्वस्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले अब केहि दिनमा मर्मत हुन्छ भनेको पनि वर्ष दिन पुग्यो स्वास्थ्य केन्द्रका प्रमुख डा.त्रिभुवन भण्डारी बताउछन् ।

स्वास्थ्य केन्द्रमा गल्कोट क्षेत्रका हाडजोर्नी र छाती समन्धि समस्या भएका ३० देखि ४० जना सम्म बिरामी मासिक रुपमा आउने गरेको तर एक्सरे मेसिन नभएको कारण निजी हस्पिटलमा रिफर गर्न पर्ने बाध्यता रहेको मेडिकल अधिकृत डा. भण्डारीको भनाई छ । उनले भने म यस स्वास्थ केन्द्रमा आएको करिब २ बर्ष हुन आटेको छ , म आउदा देखिनै एक्सरे मेसिन बिग्रेको अबस्थामै रहेका छ ।

उनले स्पष्ट पार्दै भने म आए पछि केन्द्रमा बिरामीको सस्था धेरै हुदै गएपछि मेसिन मर्मतको लागी जिल्ला स्वास्थ्य कार्यालयमा पहल गरे, त्यसपछि ६ महिना अघि मर्मत भयको थियो तर २ ओटा बिरामीको एक्सरे गरेर मेसिन फेरी बिग्रियो ।

मेसिन निकै पुरानो मोडेलको एयकोले यसले राम्रोसँग काम गर्दैन अब नया खरीद गनुपर्छ । मेसिन मर्मतका लागी राजधानिबाट मेकानीक झिकाउनुपर्ने र खर्च बढि लाग्ने भएको हुदाँ पनि हामीलाई समस्या छ, तर पनि फुर्सद मिलाएर मर्मत गराउछौ भनेर जनस्वास्थ प्रशासक महेश्वर श्रेष्ठले भनेका छन् ।

तर यति लामो समय हुदा पनि मर्मत हुन सकेको छैन । बागलुङ जिल्लाको पश्चिम क्षेत्र गल्कोटमा रहेको गल्कोट प्राथमिक स्वास्थ केन्द्र सेवाका हिराबले हेर्दा गल्कोटे जनताका लागी पनि उपयुक्त ठाउमा नभए पनि केन्द्र भएको स्थानमा जनताले समेत केन्द्रमा आवश्यक उपकरण नहुदा सेवा लिनबाट बञ्चित भएका छन ।
Source: Dhaulashree

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}