Home » » बागलुङका सापकोटाद्वारा एनआरएन युरोप संयोजकमा उम्मेद्वारी घोषणा

बागलुङका सापकोटाद्वारा एनआरएन युरोप संयोजकमा उम्मेद्वारी घोषणा

बागलुङ—जिल्लाको मल्म स्थायी घर भई हाल डेनमार्कमा कार्यरत सोम सापकोटाले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय सम्वनय परिषद युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । हाल युरोप उप—संयोजकमा सफलतापूर्व जिम्मेवारी सम्हालिरहेका सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । एक दशकदेखि एनआरएन अभियामा संलग्न सापकोटाले आफ्नो प्रतिवद्धा पत्र सार्वजनिक गर्दै उम्मेदवार घोषणा गरेका हुन् । युरोप क्षेत्र अन्तर्गतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय माहधिबेसन सम्पन्न गराउन र अन्तराष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकतामा राखेर इच्छा जाहेर गउको उनले बताए । ‘प्रवासमा रहेका नेपाली समुदायको समन्वयमा उम्मेदवारी दिने तयारी गरेको छु,’ सापकोटाले भने, ‘सबैको सहयोग र सकरात्मक सुझाबको अपेक्षा व्यक्त गर्दछु ।’
उनले गैर आवासीय संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतका अनुभबको आधारमा संघको अभियानलाई उचाईमा पुर्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता गरेका छन् । सापकोटाले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन् ।

सापकोटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्चुगलको सदस्य हुँदै, गैर आबासीय नेपाली संघको अभियानमा संलग्न बनेका थिए। पछि डेनमार्कमा बसाई सरे सँगै,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको संस्थापक अध्यक्ष हुदै काम शुरु गरेका थिए । संघको अभियानमा निरन्तरता दिदै, सापकोटा अन्तराष्ट्रिय समन्य परिषद सदस्य हुँदै ,हाल युरोप क्षेत्रको उपसंयोजकको जिम्मेबारी सफलतापुर्बक निर्बाह गरिरहेका छन् ।आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौ हुने संघको सातौ अधिबेशन नजिकिदै गैरआवासीयहरुले उम्मेद्वारी घोषणाको क्रमलाई तिब्रता दिएका छन्।
सापकोटाको घोषणा पत्र
गैरआवासीय नेपाली संघसंग आबद्ध आदरणीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरु
नमस्कार ।

सर्वप्रथमतहः प्रबासमा बस्ने नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघमा मलाई संघको अभियानमा सुरुवात देखि निरन्तर साथ, सहयोग र हौसला प्रदान गरिरहनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो, गैर आवासीय नेपाली संघ तर्फको पहिलो पाइला सन् २००४ देखि रोजगारीको सिलसिलामा पोर्तुगालमा रहँदा, चालिएको हो ।
पोर्तुगालबाट भएको मेरो आवद्धता गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्य परिषद पोर्तुगालको सदस्य २००५—०७ हुँदै २००८ – ११ सम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको संस्थापक अध्यक्ष हुदै २०११ —१३ अन्तराष्ट्रिय समन्य परिषद सदस्य लगायत संघका विभिन्न कार्यदलमा सहभागी लगायत २०१३ देखि हाल अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजकका रूपमा अनवरत रूपमा चलिनै रहेको छ ।
मेरो काम, कर्तव्य र अधिकार मातहतको कार्य सम्पादनको सिलसिलामा हरेक अवसरहरूलाई, आफ्नो क्षमताले भ्याएसम्म संस्थागत र पद्धतिसंगत ढंङ्गले सम्पादन गर्ने प्रयास गरि रहेको ठान्छु । यस क्रममा मैले हाँसिल गरेका अनुभवका साथै क्षमता अनुसारको श्रोत, साधन, समयलाई संघ र समुदायकै सेवामा निरन्तर लगाउनु श्रेष्ठतम् ठान्दै अग्रज तथा शुभेच्छुक महानुभावहरुको सुझाब अनि सल्लाह पछि मैले गैरआवासीय नेपाली संघको अभियानमा मेरो यात्रालाई निरन्तरता दिने सोचका साथ आगामी कार्यकाल २०१५(१७को लागी युरोप क्षेत्र संयोजक पदमा उम्मेदारी दिने निश्चय गरी यो सार्वजनिक घोषणा गरेको छु ।
यद्यपि उम्मेदारी यहाँहरुसामु प्रस्तुत गरे पनि मौजुदा कार्यसमितिको पदिय दायित्व बहन गरिरहेको र व्यक्तिगतरुपमा आफ्नो उम्मेदारीको प्रचारप्रसार भन्दा युरोप क्षेत्रअन्तरगतका २७ राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय माहधिबेसन समपन्न गराउने साथै अन्तराष्ट्रिय माहधिबेसंन सम्पन्न गर्ने जिम्मेवारीलाई प्रथामिकतामा राखेर व्यस्त भएको कारणका साथै आफ्नो जिम्मेवारी पुरा गरे पछि मात्र आफ्नो ईच्छा जाहेर गर्नु उपयुक्त हुने ठानेर अन्य साथीहरु बाट उमेदारी आए तापनि मैले म आफ्नो उम्मेदारीको बारेमा यहाँहरुलाई जानकारी गराउन अलिक ढिला गरेको हुँ । यसलाई यहाँहरुले सकरात्मक रुपमा लिनु हुनेछ भन्ने विश्वास लिएकोछु ।
गैरआवासीय नेपाली संघको अभियान १२ बर्षको दौरान आजसम्म आईपुग्दाको यो संस्था, प्रबासमा बस्ने नेपालीहरुको तथा सिङ्गो राष्ट्रले नै अपेक्षा गर्ने हैसियतमा स्थापित भइसकेकोछ ।आज संसारका ७१ देसमा यसको सञ्जाल बिस्तारित नेपालीहरुबीच समन्वय गर्नुका साथै यस अवधीमा यसले गरेका गतिविधिहरुले गैर आवासीय नेपाली संघको अभियान अब वास्तवमै नेपाल र नेपालीको समृद्धिको बहाकको रूपमा अघि बढेको हो भन्ने प्रमाणित भइसकेको छ ।
अतः गैरआवासीय नेपाली संघको अभियानको यो उपलब्धिलाई कायम राख्दै प्रबासमा बस्ने नेपालीहरु र राष्ट्रको हितमा परिणाममूखि काम गर्न हामी सबैको सहकार्य अत्यन्त जरुरी रहन्छ नै । यस अभियानमा संलग्न भैरहेको नाताले आफ्नो स्थानबाट सकेको प्रयास गर्नु मेरो पनि गहन जिम्मेवारी र दायित्व हो भन्ने महशुस गरेर थप पाइला चाल्ने अठोट गरेको छु ।
युरोप क्षेत्र संयोजक पदको लागि गैरआवासीय नेपाली संघको विधानले केही जिम्मेबारीहरु तोकेकोछ । विशेष गरी क्षेत्र र केन्द्रबीचको समन्वय महत्वपूर्ण जिम्मेवारी हो ।युरोपका धेरै देसहरुमा रोजगारको क्रममा भएको बसाई, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल सदस्य, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् डेनमार्कको सस्थापक अध्यक्ष हुँदै अन्तराष्ट्रिय समन्वय परिषद सदस्य लगायत संघका विभिन्न कार्यदलमा सहभागी र २०१३ देखि संघको अन्तराष्ट्रिय समन्वय परिषद, युरोप क्षेत्रको उपसंयोजकको रूपमा, युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद र केन्द्रबीचको समन्वय गर्दै कार्य सम्पादन गरिरहेकोले युरोप क्षेत्र संयोजक पदको जिम्मेवारी पुरा गर्नसक्ने प्रयाप्त आत्मविश्वास र क्षमता अभिवृद्धि रहेको जानकारी गराउन चाहान्छु।
संघले अबलम्बन गरेको नीति, नियम र योजनाहरुलाई निरन्तरता दिंदै बिगतको अनुभबको आधारमा गैरआवासीय नेपाली संघको अभियानलाई उचाईमा पुगाउन मेरो भरपुर प्रायस रहने प्रतिबद्धता व्यक्त गर्न चहान्छु । युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोप बाट नेपाल लाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर युरोपमा नेपालीहरुका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान, युरोपमा बैदेसिक रोजगारका लागि सरकारसंग समन्वय, युरोपका नेपलीनेपालीबीचमा सामुहिक लगानीको बातावरण, नेपालको पर्यटन, कला सँस्कृतीको बिकास र पर्वधन लगायत महाभूकम्पले जरजर भएको नेपालको पुनर्निर्माणको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने छु ।
त्यसबाहेक कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नका लागि युरोप क्षेत्र र केन्द्रबीच आवाश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने र जल्दाबल्दा मुद्धाहरुलाई केन्द्र र सम्बन्धित निकायसम्म पहुँच गराएर समाधानका लागि पहल गर्ने कार्यहरूमा विशेष भूमिका खेल्ने वाचा र प्रतिवद्धता व्यक्त गर्दछु ।
अन्त्यमा मैले निरन्तररुपमा पाइरहेको अग्रज तथा शुभेच्छूक महानुभावहरुको साथ र सहयोग यस पटक पनि रहने छ र आशन्न सातौ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय माहाधिबेशन तथा गैरआवासीय नेपाली बिश्व सम्मेलनबाट मलाई, अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्रको संयोजक पदमा चयन गर्नु हुनेछ भन्ने विश्वास सहित सबैमा विनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
सोम सापकोटा
उम्मेदवार,
युरोप क्षेत्र संयोजक पद (२०१५( २०१७ कार्यकाल)
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद युरोप क्षेत्र
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}