Home » » असोज १५ गते बागलुङमा‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रको प्रदर्शन हुदै !

असोज १५ गते बागलुङमा‘भाग्यले बाँचेकाहरु’ बृत्तचित्रको प्रदर्शन हुदै !

बागलुङ, असोज ९ गते । गत बैशाख महिनामा आएको विनाशकारी भूकम्पमा परि बाँचेकाहरु र उनिहरुलाई बचाउने व्यक्तिहरुमा आधारित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ को बागलुङमा प्रर्दशन हुने भएको छ ।
असोज १५ गते बागलुङमा बृत्तचित्र पर्दशन गर्न लागिएको आयोजक प्रेस चौतारी नेपाल बागलुङ शाखाका अध्यक्ष उमकान्त शर्माले बताउनु भयो । बृत्तचित्र गत बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा आधारित छ ।
काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि ट्राफिक प्रहरी करण भण्डारीलाई बचाउने हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । बृत्तचित्रका निर्देशक पत्रकार गणेश पाण्डेका अनुसार पाँच तले घरले पुरिएर २२ घण्टापछि जीवितै उद्दार गरिएका भक्तपुरका सोनिस अवाल, सोनिसलाई जीवितै उद्दार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको कथा डकुमेन्ट्रीमा समेटिएको छ । आफ्नै घर ढलेर आमाबाबुको बिचल्ली हुँदा समेत सोनिसको उद्दारमा खटिएका सिपाही केसी र उनको परिवारको मर्मलाई पनि डकुमेन्ट्रीमा बेजोड रुपमा उतारिएको छ ।

५५ मिनेट लामो डकुमेन्ट्रीमा धरहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको विनासकारी भूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । धराहराबाट खसेर बाँच्न सफल लमजुङकी बबिता सेढाईँ, काठमाडौँको नयाँ बसपार्कबाट १ सय १२ घण्टापछि सकुशल उद्दार गरिएका नुवाकोटका पेम्बा तामाङ, काठमाडौँको बसपार्कमै सात तले घरले थिचिँदा ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँचेका अर्घाखाँचीका ऋषि खनाल काठमाडौँको बसपार्कमै होटलमा किचिएर दुवै खुट्टा गुमाएका दैलेख बाँसीका रमेश खत्री, भूकम्प आएपछि आफ्नै घरको आँगनको इनारमा पुरिएपछि जीवितै उद्दार गरिएकी भक्तपुरकी ७५ बर्र्षीया शिवकुमारी खागी, आफ्नै बाबुले सिकाए अनुसार भूकम्प आएपछि खाटमुनि छिरेर जीवन गुमाएकी नुवाकोट तुप्चेकी उत्सना शर्मा र काठमाडौँको काभ्रेस्थलीमा छिमेकीको घरले किच्दा एउटा खुट्टा गुमाएकी मकवानपुरकी प्रिया बिकको पीडादायी कथालाई बृत्तचित्रमा समेटिएको छ ।
भूकम्पमा परेकालाई जीवितै उद्दार गरेर वाहवाही कमाएका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाल प्रहरीका निरीक्षक प्रदीप क्षेत्री र एउटै चितामा पाँच–सात जनाको शव जलाउनु पर्दा विक्षिप्त बनेका भक्तपुरका सविन ख्याँजुको कथा–व्यथादेखि भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी तथा १९९० र २०७२ सालका दुई ठूला भूकम्प देखेका राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका अनुभवलाई पर्दामा उतारिएको छ ।
काठमान्डौ, सुदुरपश्चिमसहित अष्ट्रेलियाको सीड्नी, मेल्वर्न, पर्थ लगायतका शहरहरुमा पर्दशन भइसकेको र देशकै अन्य बिभिन्न शहरहरुमा पनि प्रर्दशन हुने तयारीमा रहेको बृत्तचित्र बागलुङ प्रर्दशनिका लागि टिकट बिक्रि भइरहेको अध्यक्ष शर्माले बताउनु भयो।
Source: Nepalsanchar

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}