Home » » जागिर पनि कस्तो ? वेश्या चाख्नुपर्ने

जागिर पनि कस्तो ? वेश्या चाख्नुपर्ने

यौनकर्मी महिलाहरुको टेष्ट गर्नुपर्ने जागिर । अर्थात् व्यवसायिक यौनकर्मी महिलाहरु कत्तिको उत्कृष्ट छन् र संसर्गका लागि योग्य छन् भनेर प्रयोगात्मक परीक्षण गर्नुपर्ने । सिधा भाषामा वेश्याहरु चाख्नुपर्ने । कस्तो अनौठो जागिर ? अहिले जर्मनीमा यहीँ अनौठो जागिरका लागि विज्ञापन खुलेको छ ।

जर्मनीको यौन व्यवसाय सम्बन्धि एक सोसल मिडिया कम्पनीले एक नयाँ पदका लागि विज्ञापन गरेको छ ।

कउफमिच डट कम Kaufmich.com नामक कम्पनीले फुलटाइम काम गर्ने ‘वेश्या चाख्ने’ अर्थात् प्रोस्टिच्युट टेष्टर कर्मचारी भर्ना गर्न लागेको घोषणा गरेको छ ।

कम्पनीले छनोट गर्ने प्रोस्टिच्युट टेस्टरहरुले जर्मनीका विभिन्न वेश्यालयहरुको भ्रमण गर्ने, त्यहाँको सेवा, सुविधा, सरसफाइका साथै सुरक्षित यौन व्यवहार लगायतका विषयमा समेत अनुगमन तथा मूल्यांक गर्नेछन् । साथै उनीहरुले ती वेश्यालयका व्यवसायिक यौनकर्मी महिलाहरुसँग अनिवार्य रुपमा यौन सम्पर्क गरेर उनीहरुले ग्राहकप्रति गर्ने व्यवहार, उनीहरुको यौन व्यवहार, सरसफाइ तथा यौन सन्तुष्टि प्रदान गर्नसक्ने क्षमता समेत जाँच्नेछन् ।

कउफमिच डट कमका प्रडक्ट म्यानेजरका अनुसार जर्मनीमा वेश्यालय खोल्नु कानूनी व्यवसाय भएपनि वेश्यालयहरुमा गुणस्तरको कमी छ । त्यसैले आफुहरु वेश्यालयका लागि टि्रप एडभाइजर बन्न चाहेको उनको दाबी छ । वेश्यालयका ग्राहकहरुले कउफमिच डट कम हेरेरै वेश्यालयहरुको गुणस्तर तथा सेवा सुविधा थाहा पाउन सक्ने र आफुलाई मन पर्ने वेश्यालयमा यौन सन्तुष्टिका लागि निर्धक्क भएर जानसक्ने अवस्थाको सिर्जना गर्न लागेको उनले बताएका छन् ।

वेश्या चाख्ने जागिर खान चाहने उमेद्वारहरु व्यवसाय विषयमा डिग्री हासिल गरेको हुनुपर्ने, पूर्ण रुपमा स्वस्थ रहेको प्रमाणपत्र पेश गर्नुपर्ने तथा प|mेन्च भाषा समेत फरर बोल्नसक्ने हुनुपर्नेछ । साथै वेश्यालयका क्रियाकलापमा अनुभव हासिल गरिसकेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

अहिलेसम्म यो जागिरका लागि १ सय ५० जनाले आवेदन दिइसकेका छन् । ती मध्ये धेरैजसो जर्मनीका नागरिक भएपनि बेल्जियम, नेदरल्याण्ड र बेलायतीले पनि आवेदन दिएका छन् ।

सन् २००९ मा तिनभाइले खोलेको वेबसाइट कउफमिच डट कम पछिल्लो समय लोकपि्रय हुँदै गएकेा छ । जर्मनीको यौन उद्योगलाई सुधार गर्ने तथा स्वतन्त्र यौनकर्मीको लागि समेत बजारको सिर्जना गर्ने लक्ष्य यसले राखेको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}