
|
|
मधेसी मुद्दालाई सम्बोधन नगरिएको भन्दै एमाओवादी र संसद् परित्याग गरेका पर्वप्रधानमन्बी डा. बाबुराम भट्टराईले मधेसमै अपमानित हुनु परेको छ ।
मंगलबार यहाँ आयोजित आमसभालाई सम्बोधन गर्न आएका भट्टराई बोल्न थालेको १० मिनेटभित्रै उनीविरुद्द नाराबाजी हुन थाल्यो र वातावरण प्रतिकुल बनेपछि भट्टराईलाई सुरक्षाकर्मीले विमानस्थल पुर्याएका थिए ।
मधेसी युवाहरुले भट्टराईले संवोधन गर्न बनाइएको मञ्चमा आगो लगाइदिए र वरिष्ठ नेता रामचन्द्र झालगायत उनका केही सहयोगीलाई हातपातसमेत गरे । राजीनामाको चौथो दिन र पहिलो सार्वजनिक कार्यक्रममा भाग लिन जनकपुर आएका भट्टराईलाई आयोजकहरुले हिन्दीमा बोल्नुपर्ने र संविधानको प्रति जलाउनुपर्ने सर्त राखेक थिए ।
भट्टराईले हिन्दीमा बोले पनि संविधान जलाउन नमानेपछि उनीविरुद्द नाराबाजी भएको थियो । र, उनको मञ्चमा आगो लगाइएको छ |
-अन्नपुर्ण पोस्ट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

