
|
|
काठमाडौं । नेपाललाई दिदैँ आएको पेट्रोलियम पदार्थ भारतले नदिएपछि नेपाल आयल निगमले भारतीय आयल निगमलाई पत्र पठाएको छ ।
निगमले आइतबार भारतीय आयल निगमलाई पत्र पठाएको हो । पत्रमा निगमले ४ वटा नाकामा १ सय ५१ वटा ट्यांकर किन लोड नगरेको भन्दै भारतीय आयल निगमसँग जवाफ मागिएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
निगमले रक्सैल, भैरहवा, काँकडभिट्टा र सिलगुढी नाकाबाट पेट्रोलियम पदार्थ ल्याउने गरेको छ । त्यस्तै निगमले २१७ वटा बुलेट ग्यास र १ सय ९४ वटा पेट्रोल र डिजेल लोड भएका ट्यांकर किन नपठाएको भन्दै उत्तर मागेको छ ।
इन्धन भर्न गएका ट्यांकरहरु एक सातादेखि थन्किएपछि चालक र सहचालकलाई खाना खान रकम सकिएको र असुरक्षा भएको भन्दै निगमले भारतीय आयल निगमको ध्यानाकर्षण गराएको छ ।
सामान्य अवस्थामा ३ सय ट्यांकर डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रिन्थ्यो । इन्धनको अभाव भएपछि निगमले त्यसको विकल्प खोज्न सरकारको ध्यानाकर्षण गरेको छ ।
बारम्बार सरकारको ध्यानाकर्षण गराउदाँ पनि कुनै जवाफ नआएको निगमले स्रोतले जानकारी दियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

