
|
|
दुबई, रोल्पा घर भई बिगत ८ बर्ष देखी युएईको रस अल खैमहमा कार्यरत अन्दाजी ३२ बर्षीय रुद्र बहादुर बुढा मगरको दुर्घट्नामा परी मृत्यु भएको छ । रस अल खैमह पोर्सिलिन भन्ने कम्पनीमा कार्यरत मगरको गत सेप्टेम्बर ३ तारिकको दिन रातको ९ ः ५० बजेको समयमा बाटो काट्दै गर्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
रस अल खैमह स्थित अल हाम्रा शपिङ मलमा गएर फर्कदा पुल मुनी बाट बाटो काट्दा दुर्घट्नामा परेको रस अल खैमहमै कार्यरत धन कुमार नेपालीले बताएका छन । शपिङ मलमा जाँदा भने उनी साइकल बिसाएर पुल माथि बाटै गएका थिए । निजका १ श्रीमती र ३ छोराहरु छन् । उनीहरु बिगत केही बर्ष यता दाङमा अस्थाई बसोबास गर्दै आईरहेका छन ।
मृतक मगरको लाशलाई नेपाल पठाउनको लागि आवश्यक प्रकृया सुरु गरिसकिएको र एक दुई दिन भित्रै पठाइने कम्पनी श्रोतले जानकारी दिएको छ ।
Source: Everestdainik

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

