Home » » कतै तपाँइको सुत्ने तरिका गलत त छैन ? सुताइका आसन र फाइदा/वेफाइदा

कतै तपाँइको सुत्ने तरिका गलत त छैन ? सुताइका आसन र फाइदा/वेफाइदा

यदि तपाँइलाई विहान उठ्दा आलस्य हुने, गर्धन तथा मेरुदण्ड दुख्ने,कम्मर दुख्ने समस्या छ । यदि यस्तो हो भने तपाँइको सुताइको आसन नमिलेको हुनसक्छ ।

तपाँइ सुत्दाखेरि कस्तो आसनमा सुत्नुहुन्छ भन्नेकुराले स्वास्थ्यमा असर पारिरहेको हुन्छ । तपाँइलाई सजिलो लाग्यो भन्दैमा जसरि पायो त्यसरि सुत्नु हानिकार हुनसक्छ । त्यसैले आउनुहोस जानौ कसरि सुत्दा शरिरलाई फाइदा हुन्छ र कसरि सुत्दा वेफाइदा :

१. दायाँ वा वाँया कोल्टेपरेर सुत्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसरि सुत्दा घुर्ने समस्यापनि कम हुन्छ । तर दायाँ भन्दा बायाँ कोल्टे परेर सुत्नु अझ राम्रो हुन्छ । किनभने दायाँ कोल्टे पर्दा मुटुलाई दवाव पर्दछ । यसरि सुत्दा ग्यास्टिक तथा एसिडिटीको समस्यापनि कम हुने विज्ञको सुझाव छ । यसरि सुत्दा हात तथा खुट्टालाई सहज र सिधा अवस्थामा राख्नु राम्रो हुन्छ ।गर्भवतिका लागि यो आसन सबैभन्दा राम्रो मानिन्छ ।

२. त्यस्तै उत्तानो परेर ढाडको भरमा सुत्नुलाई पनि स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । यसरि सुत्दा गर्धन तथा मेरुदण्ड सामान्य अवस्थामा रहनेगर्छन । त्यसैले हड्डी दुख्ने समस्या हुँदैन । यसरि सुत्दा शरिरको कुनैपनि भागमा बढि दवाव पर्दैन । यसरि सुत्दा खुट्टामुनि ठिक्क पातलो कपडा राख्नुपनि राम्रो मानिन्छ ।

३.सामान्यत अधिकांश सजिलो भन्दै घोप्टिएर सुत्ने गर्दछन । तर यसरि घोप्टिएर सुत्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यसरि सुत्दा गर्धन,मेरुदण्ड लगायतका हड्डी सामान्य अवस्थामा हुँदैनन । छाति तथा मुटुमापनि अनावश्यक दवाव पर्दछ । यसरि सुत्ने मानिसमा विहान उठ्दा शरिरका विभिन्न भाग दुख्ने समस्या हुन्छ ।

४.स्वास्थ्यका दृष्टिकोणले हातखुट्टा फैलाएर उत्तानो परेर सुत्नुलाईपनि फाइदाजनक मानिन्छ । यसरि सुत्दा दुवै खुट्टालाई फैलाएर हातलाई टाउकोको नजिक राखि सुत्नुपर्छ । यसरि सुत्दा रक्तसञ्चार राम्रो हुने विज्ञको सुझाव छ । अनुहारको चमकताका लागिपनि यो तरिका उत्कृष्ट मानिन्छ ।

५. सजिलो भो भन्दै घुँडा खुम्चाएर कुक्रुक्क परि सुत्नेहरुको संख्या धेरै छ । विशेष त जाडो मौसममा यसरि सुत्दा सजिलो लाग्छ धेरैलाई । तर यसरि सुत्नु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । यसरि सुत्दा शरिरका हड्डी सँगै छातीमा नराम्रो असर पर्दछ ।
Source: Everestdainik

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}