Home » » संविधान जारी: गुड बाई १२ बुँदे समझदारी

संविधान जारी: गुड बाई १२ बुँदे समझदारी

काठमाडौं, असोज ३ । २०६२ मंसिर ७ गते चक्रपथस्थित गिरिजाप्रसाद कोइराला निवास । मध्यान्ह ४ बजे सञ्चारकर्मीहरु पर्खाल बाहिर थियौं । ‘आज केही नयाँ हुन्छ’ भन्ने धेरैले अनुमान गरेका थिए । कारण गिरिजाप्रसाद कोइराला, माधव कुमार नेपाल, तात्कालिन एकताकेन्द्र मसालका सह–महामन्त्री प्रकाश (नारायणकाजी श्रेष्ठ) केपी ओली दिल्लीबाट फर्किएको सबैलाई थाहा थियो ।

सशस्त्र संघर्षमा रहेको तत्कालिन माओवादी र सात दलबीच संयुक्त हस्ताक्षर भएर शाही शासनविरुद्ध आन्दोलन चर्काउने तयारी भएको थियो । अनुमान गर्दा सात दल र माओवादीले एउटै विज्ञप्तिमा हस्ताक्षर गर्छन भन्ने थियो । पछि १२ बुँदे सहमतिमासात दलका नेताहरूको मात्रै हस्ताक्षर आयो । संचारकर्मीहरुले नेताहरुलाई सोधे माओवादीको हस्ताक्षर खोई ? उनीहरुले भने– ‘च्यानलबाट आउँछ ।’



कार्यालय आइपुगेर मेल खोल्दा कोइराला निवासमा दलहरुले हस्ताक्षर गर्दाकै समयमा माओवादीका अध्यक्ष प्रचण्डद्वारा हस्ताक्षरित १२ बुँदे समझदारी पत्र मेलमा पठाइएको रहेछ । ८ गतेका दिन सबै पत्रपत्रिकामा मुख्य समाचार बने। सहमति बनेपनि आन्दोलनले भने खासै उचाई लिएको थिएन काठमाडौंमा । शाही सरकारले महानगरपालिका, उप तथा नगरपालिकाको चुनाव गराउने तयारी ग¥यो । शाही सरकारले चुनावी माहोल लिएपछि केही दलहरुमा धुलमुल देखा पर्यो ।

चुनाव हुने बेला नै हो, सात दलको तर्पmबाट प्रचण्डलाई केही उम्मेदवारको ‘सफाय’ गर्न समेत आग्रह गरियो । प्रचण्डले उक्त आग्रहलाई बारम्बार दोहो¥याउँदै आएका छन् । नगरपालिकाको चुनाव पूर्ण असफल भएपछि दलहरूको आन्दोलन छिटपूmट चल्यो । चार महिनाबीचमा सात दल र माओवादीबीच १२ बुँदे समझदारी कार्यन्वयन गर्ने विषयमा केही मतभिन्नता देखिए ।

पछि नारायणकाजी श्रेष्ठ फेरि दिल्ली गए माघमा । उनले ४ बुँदे आचार संहिता लिएर नेपाल फर्किए । त्यसमा सात दल सहमति भएपछि आन्दोलनले केही उचाईं लिंदै गयो ।

त्यही १२ बुँदे सहमतिले नै चैत २४ गतेदेखि १९ दिने आन्दोलनको आधार निर्माण ग¥यो । जसले संसद पुनस्र्थापना गरायो र यो आन्दोलनले राजतन्त्रले गणतन्त्र, धर्म निरपेक्षताको कोशे ढुंगा पनि स्थापना ग¥यो ।   २०६३ असार २ गते बालुवाटारमा तत्कालिन माओवादीका अध्यक्ष प्रचण्ड–बाबुराम सार्वजनिक भए । यो १० वर्षे जनयुद्धको शान्तिपूर्ण राजनीतिमा अवतरण थियो ।

अन्तरिम संविधान, संविधानसभाको पहिलो निर्वाचन, पहिलो संविधानसभाको असफल विघटन र दोश्रो संविधानसभाको निर्वाचन । संसदवादी दलहरुलाई बहुमत र एमाओवादीको अल्पमतीय विपक्षी दलको यात्रा । तीसदलीय मोर्चाको आन्दोलन तथा संसदवादी दल र सत्तारुढ दलबीच आफ्ना एजेण्डामा टस न मस हुने अवस्था । यी केही घटनाक्रमहरु हुन यो बीचका । नेपाली जनतामा चरम निराशाका दिनहरु थिए यी । पहिलो संविधानसभा विघटन भएको, दोश्रोबाट पनि संविधान बन्ने छाँट नदेखिने । विपक्षीहरु आन्दोलनमा, सत्तारुढ दल पेलेरै जाने मनस्थितिमा ।
यो जटिलताको बीचमा विपक्षी ३० दलीय मोर्चाको भविष्यलाई नै दाउमा राखेर प्रचण्डले गरेको साहसिक निर्णयले सहमतिको एउटा ढोका खोल्यो । आन्दोलन छोडेर सत्तारुढहरुसँग वार्ता र सहमतिमा जाने निर्णयस्वरुप १६ बुँदे हुँदै संविधानसभाबाट संविधान जारी गर्ने दिन आएको छ । संविधानसभाको एजेन्डा ००७ साल वरीपरीबाट आए पनि यसको मुल जग १२ बुँदे समझदारी हो ।

यतिबेला त्यसमा हस्ताक्षर गर्ने केही पात्र गुमानाम छन् । हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । सात दलको तर्पmबाट मुख्य हस्ताक्षरकर्ता कोइरालाको निधन भए पनि सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता एक प्रचण्ड सहितको टिम अहिले नयाँ वानेश्वरबाट संविधान जारी गर्दै छ ।

त्यसबेला सात दलबाट हस्ताक्षरकर्ता कोइराला, एमालेका तात्कालिन महासचिव माधव कुमार नेपाल, कांग्रेस (प्रजातान्त्रिक)का उप–सभापति गोपालमान श्रेष्ठ, जनमोर्चाका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का उपाध्यक्ष भरतविमल यादव, संयुक्त वाममोर्चाका अध्यक्ष कृष्ण दास श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका तर्पmबाट प्रेम सुवालले हस्ताक्षर गरेका थिए ।

यतिबेला संविधान जारी हुनेबेला शेरचन, यादव, श्रेष्ठ गुमनाम छन् । यादवको क्षेत्र यतिबेला दिपावली मान्ने पक्षमा छैन । शेरचनको पार्टी माओवादीमा बिलय भयो । यादवको पार्टी ६ टुक्रा भयो । श्रेष्ठको मोर्चा विघटन भयो पछि उनी माओवादीको सल्लाहकार बने अहिले उनी पनि गुमनाम छन् । जे होस् ‘एक जुगमा एक पटक’ संविधान जारी गर्ने दिन ती नेताहरूलाई सम्झनै पर्छ । १२ बुँदे समझदारीको १० वर्षे यात्रामा थुप्रै घटना÷परिघट्ना भए । केहीले जीतको अनुभूति गरे, केहीले हारेको अनुभूति गरे ।

तर यो लामो यात्राले नेपाली राजनीतिमा गणतन्त्रलाई संस्थागत गर्यो । तमाम असन्तुष्टिका र विवाद भएपनि संघीयतालाई सैद्धान्तिकरुपमा स्थापित गर्यो । नेपाली समाजलाई हिन्दू सामन्तवादको शोषणबाट मुक्तिका लागि अनिवार्य धर्म निरपेक्षतालाई स्थापित गरेको छ । सहमति र असहमतिबीच आज आधा नेपाल दिपावलीको मुुडमा छ । आधा नेपाल अध्याँरोमा छ । तर पनि यी उपलब्धिलाई १२ बुँदे समझदारीको आलोकमा ग्रहण गर्दै हामी पनि भन्न चाहन्छौं– १२ बुँदे गुड बाइ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}