Home » » सामन्तवादको विधिवत अन्त्य भएकोमा तपाई हामी सबैलाई बधाई

सामन्तवादको विधिवत अन्त्य भएकोमा तपाई हामी सबैलाई बधाई

राष्ट्रपति रामवरण यादवले २०७२ असौज ३ गते बेलुकी ५ बजेर ५ बजेर ५७ मिनेटमा नेपालको ऐतिहासिक संविधान जारी गरेको घोषणासँगै हामी नेपालीहरु नयाँ युगमा प्रवेश गरेका छौं । सामन्तवादी राजतन्त्रात्मक राज्यव्यवस्थाविरुद्ध नेपाली जनताले दशकौंदेखि गर्दै आएको संघर्षबाट प्राप्त उपलब्धि राष्ट्रपतिको घोषणासँगै संस्थागत भएको छ ।

यो घोषणासँगै नेपाल पूँजिवादी व्यवस्थामा प्रवेश गरेको छ । जसले संविधानमा उल्लेख भएबमोजिम समाजवादोन्मुख बाटोमा अघि बढ्ने संकल्प गरेको छ । यो सँगै नेपाल हिन्दू सामन्तवादी सांस्कृतिक मानकहरुलाई निषेध गर्दै धर्म निरपेक्ष नेपाल भएको छ जसले युगौंदेखि हिन्दू धर्म संरक्षित राज्यका व्यवस्था र सामाजिक पद्धतीबाट नेपाली समाजलाई मुक्त गरेको छ । यसका साथै नेपाल संघीय गणतन्त्र भएको छ । शक्तिमाथि स्वामित्वका हकमा आम नेपालीले आफ्नो निर्णय आफै गर्न सक्ने अवस्थाको सिर्जना भएको छ ।



संविधानलाई क्रान्तिकारी संविधान भनेर हेर्नु या यो संविधानले क्रान्तिकारी रुपान्तरणका लागि भूमिका निर्वाह गर्छ भनेर हेर्नु तथ्यवादी दृष्टिकोण होइन । बरु समाज विकासको क्रममा सामन्तवादको अन्त्यसँगै पूँजिवादको स्थापनाका अर्थमा यो संविधानलाई बुझ्नु पर्दछ । वैज्ञानिक दृष्टिकोणले सामन्तवाद भन्दा पूँजिवादलाई प्रगतिशील चरण मान्नेगर्दछ । यसर्थ यो संविधान क्रान्तिकारी नभएपनि प्रगतिशील पक्कै हो ।

त्यसैले युगान्तकारी सामन्तवादको अन्त्यको विधिवत् घोषणा भएकोमा आम नेपालीलाई खुशियाली मनाउन र यो संविधानको स्वागत गर्नुपर्दछ । समाज मात्रात्छमक सुधार हुँदै गुणात्मक परिवर्तनतर्फ अघि बढ्ने गर्दछ । एकैपटक सम्पूर्ण गरिब, शोषित, उत्पीडित जनताको सम्बिधान बनेको भए जाति हुन्थ्योृ होला, तर समाजमा वर्ग स्वार्थ र अन्तरविरोधहरुले यो सम्भव हुन दिन्न । शक्ति सन्तुलनको यो अवस्थामा पनि त्यो सम्भव थिएन । त्यसैले जे अहिले हामीले प्राप्त गरेका छौं, त्या पक्कै पनि सामन्तवादी हिन्दू वर्णाश्रममा आधारित नेपालको राज्यव्यवस्थालाई निषेध गर्ने नयाँ कुरा अवश्य नै हो । यहाँ सामन्तवादलाई समग्रमा अस्वीकार गरिएको छ । एकात्मक शक्ति केन्द्रीयतालाई अन्त्य गरिएको छ । हिन्दू धर्मकेन्द्रीत नियम कानूनलाई निषेधित गरिएको छ । यसर्थ हेर्दा यो पूँजिवादी अर्थव्यवस्था र राजनीतिक प्रणालीका हकमा एक कदम अगाडिको सुधार पक्कै हो ।
समाजका उत्पीडित, उपेक्षित वर्गका हकमा शोषण र दमनका चक्रहरु कायमै रहने भएपनि सामन्तवाद भन्दा पूँजिवादमा कतिपय कुराहरु प्रगतिशील हुन्छन् । त्यसैले अहिलेको प्राप्तीलाई स्वागत गर्दै नयाँ सिर्जना हुने अन्तरविरोधका आधारमा समग्र नेपाली शोषित जनताको हकमा संविधान र व्यवस्था निर्माणका लागि थप संघर्ष गर्ने कुरा पनि यो संविधानको घोषणासँगै प्रेरित गरेको छ । संघर्षको एउटा अध्याय मात्रै सकिएको हो, अर्को संघर्षका लागि हामी सबै तयार हुनुपर्छ भन्ने प्रेरणा यो संविधानले दिएको छ ।

त्यसैले आउनुस्, सामन्तवादको संस्थागत अन्त्य भएकोमा खुशियाली व्यक्त गर्दै पूँजिवादविरुद्धको अभियानमा फेरी संघर्ष गर्ने प्रतिगबद्धता गर्दै यो संविधानको स्वागत गरौं ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}