
|
|
इरानका सबैभन्दा ठुला नेता अयातुल्ला खमेनीले अमेरिकालाई धम्कि दिएको भिडियो सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्डको भिडियोमा खमेनीले यदि अमेरिकाले युद्ध शुरु गरे अमेरिका सिध्दिने र इरानले अमेरीकालाई हराउने बताएका छन् ।
उनले भनेका छन् –‘हामी युद्धको न स्वागत गर्छौ न शुरुआत तर अमेरिकाले युद्ध शुरु गरे अमेरिकाको हार हुनेछ ।’ उनले अमेरिकालाई घुसपैठिया र अपराधीको संज्ञा दिएका छन् ।
भिडियोको शुरुवातमा अमेरिकी राष्ट्रपति वाराक ओवामाको पुरानो बयान देखाइएको छ जसमा उनले इरानमाथी आक्रमण गर्ने धम्की दिएका छन् । त्यसपछि व्हाइट हाउसको पृष्ठभुमीमा नेता खमेनीको बयान देखाइएको छ ।
केहि दिन अघि मात्रै इरानले अबको २५ वर्षमा इराकको अस्तित्व मेटाइदिने धम्की दिएको थियो ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

